१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

लुम्बिनी प्रदेश: कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत

कोभिड-१९ (कोरोना भाइरस) बाट मृत्यु भएको परिवारलाई राहतस्वरुप दिने भनिएको रकम लुम्बिनी प्रदेश सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको छ।

कोरोनाबाट मृत्यु भएका परिवारलाई गाउँपालिकाले ५० हजार दिने

दैलेखको महाबु गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई ५० हजार रुपैयाँ दिएको छ। कोरोना संक्रमितको निःशुल्क उपचार पनि गर्दै आइरहेको गाउँपालिकाले मृत्यु भएका किरिया खर्चबापत नगद ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१० पुग्यो

कर्णालीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

उपप्रमुख चौधरीको कोरोनाबाट मृत्यु

सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए।

दुई बेहुलीसहित तीन युवतीको कोरोनाबाट मृत्यु

सरकारले कोरोना महामारीकाबीच पनि बिहेको अनुमति दिइरहेकै बेला बिहे र जात्राामा सरिक तीन युवतीको संक्रमणबाट मृत्यु भएको छ। राजधानीका कोभिड उपचारमा सलग्न अस्पतालका अनुसार उनीहरूको कोरोनाका कारण निमोनिया भएपछि मृत्यु भएको हो।

सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्याङक सच्यायो

सरकारले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सच्याएसँगै मृतकको संख्या बढेको छ। कोरोनाबाट मृत्यु भएका थप ६१९ जनाको संख्या थप्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्याङक सच्याएको हो।

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो।

गण्डकी प्रदेशमा आईतबार ४ कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा आइतबार ४ कोरोना संक्रमितको मृत्यु भएको छ। कास्कीका ३ र लमजुङका १ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कोरोनाका कारण भारतमा थप ८ जना नेपालीको निधन

कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो।

तीन दिनको अन्तरमा धरानमा कोरोनाले श्रीमान–श्रीमतीको मृत्यु

धरानमा कोरोना संक्रमणको कारण तीन दिनको अन्तरालमा श्रीमान र श्रीमतीको निधन भएको छ। धरान १४ स्थित विजयपुरमा तीन दिनको अन्तरमा ६७ वर्षिया श्रीमती र ७४ वर्षिय श्रीमानको निधन भएको हो।

मोरङमा ९ जना संक्रमितको मृत्यु

मोरङमा पछिल्लो १६ घण्टामा ९ जना कोरोना भाइरस(कोभिड —१९) संक्रमितको मृत्यु भएको छ। विराटनगरको नोबेल शिक्षण अस्पतालमा ५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २, न्युरो अस्पतालमा १ र होम आइसोलेसनमा १ जनाको मृत्यु भएको हो।

प्रदेश १ : पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा मोरङको विभिन्न कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित ६ पुरुष र १ महिलासहित ७ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५७१ जना नयाँ संक्रमित थपिएका छन्।

रुपन्देहीमा एकै दिन दुई संक्रमितको मृत्यु

रुपन्देहीमा आज बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवलका एक पुरुष र सैनामैनाकी एक महिला छन्। बुटवल उपमहानगरपालिका १७ का ४५ वर्षिय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो।

कोरोनाका कारण विश्वभर कहाँ कतिले ज्यान गुमाए ?

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३५ हजार १४८ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार अपराह्नमा जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्