८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१० पुग्यो

कर्णालीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काका अनुसार सुर्खेतमा चार, सल्यानमा तीन, दैलेख, डोल्पा र जुम्लाका एक–एक जनाको मृत्यु भएको हो। कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१० पुगेको छ।  

यस्तै पछिल्लो २४ घण्टामा गरिएको २४९ जनाको पिसिआर परीक्षण गरिएकोमा ११९ जनामा कोरोना संक्रमण देखिएको छ भने ७११ जनाको एन्टिजेन परीक्षणमा १६० जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा ५१० जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। कर्णालीमा छ हजार ४०६ जना संक्रमितहरु आइसोलेसनमा उपचाररत छन्।

प्रकाशित: ९ जेष्ठ २०७८ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App