४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

रुपन्देहीमा एकै दिन दुई संक्रमितको मृत्यु

रुपन्देहीमा आज बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवलका एक पुरुष र सैनामैनाकी एक महिला छन्।  बुटवल उपमहानगरपालिका १७ का ४५ वर्षिय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो।  

दुई दिन अघि स्वास्थ्य समस्या देखिएपछि उपचारकालागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका ती पुरुषमा पिसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।   सोही दिन कोरोना विशेष अस्पतालमा भर्ना गरीएका ती पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिए।  ती संक्रमितलाई मिर्गौलाको समेत समस्या रहेको डा. गौतमले बताए।  

आजै बिहान सैनामैना नगरपालिकाकी ५६ वर्षिया एक महिलाको पनि भैरहवाको भिम अस्पतलामा उपचारकै क्रममा मृत्यु भएको छ।  उनलाई कार्तिक १७ गते कोरोना पुष्टि भएको थियो।  केही दिन होम आइसोलेसनमा बसेकी उनको स्वास्थ्य अवस्था गम्भिर भएपछि १९ गते भैरहवाको भिम अस्पतालमा लगीएको थियो।  मधुमेहको समेत समस्या रहेकी ती महिलाको सोमबार बिहान ६.२० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए।  

 

प्रकाशित: २४ कार्तिक २०७७ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App