१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

एन्जल्स हर्ट सेमिफाइनलमा

एन्जल्स हर्टको दुवै टोली सोमबार पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

एन्जल्स हार्टको सिनियर र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुगेको हो। वसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर ब्वाइजको क्वार्टरफाइनलमा एन्जल्स हार्टले स्किब्सलाई ३७–३२ ले पराजित गर्‍यो। एन्जल्स हार्टका लिजेन्ड क्षेत्रीले १६ अंक जोडे।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले ओडिसीलाई १४–४ ले हरायो। विजेताका प्रतीक कँडेलले ६ स्कोर गरे। त्यसै स्पर्धामा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १५–११ ले पाखा लगायो। ग्रिनल्यान्डका कुशल खतिवडाले ६ अंक जोडे। सेमिफाइनलमा एन्जल्स हार्टको भेट स्काइलार्कसँग हुनेछ भने ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबिए) विरुद्ध खेल्नेछ।

सिनियर ब्वाइजमै एचएचसिए, भ्याली पब्लिक र ग्रिनल्यान्ड पनि सेमिफाइनलमा पुग्न सफल भए। एचएचसिएले लालीगुराँसलाई २६–२२, भ्याली पब्लिकले गोल्डेनपिकलाई ३६–२९ र ग्रिनल्यान्डले आयोजक वसुन्धारा नेसनल एकेडेमी (बिएनए) लाई ४७–४४ ले पन्छाए। सेमिफाइनल एन्जल्स हार्ट र भ्याली पब्लिक तथा एचएचसिए र ग्रिनल्यान्डबीच हुनेछ।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App