६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सिटीका दुई खेलाडीलाई कोरोना

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका दुई खेलाडीमा कोरोना पोजेटिभ देखिएको क्लबले सोमबार जानकारी दिएको  छ।  

प्रिमियर लिगको नयाँ सिजन सुरु हुन पाँच दिन बाँकी रहेको अवस्थामा गत सिजन दोस्रो स्थानमा रहँदै सिजन समाप्त गरेको म्यानचेस्टर सिटीले खेलाडी रियाद महारेज र एम्रिक लापोर्तेमा कोरोना संक्रमण देखिएको जानकारी गराएको हो। सिटीले सोमबार जारी गरेको विज्ञप्तिमा फ्रेन्च डिफेन्डर लापोर्ते र महारेज अहिले घरकै आइसोलेसनमा बसेको बताएको छ। उनीहरू प्रिमियर लिग र त्यहाँको सरकारले लागू गरेको स्वास्थ्य प्रोटोकलअन्तर्गत आइसोलेसनमा बसेका हुन्।

‘महारेज र लापोर्तेमा कोरोनाको कुनै पनि संकेत देखिएको छैन,’ सिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबका सबै पदाधिकारीदेखि खेलाडी रियाद र एम्रिक नयाँ सिजन सुरु हुनुपूर्व नै स्वस्थ हुने अपेक्षामा  छन्।’

विश्व फुटबलको सबैभन्दा चर्चित लिग फुटबल प्रिमियर लिगको नयाँ सिजन आगामी शनिबारबाट सुरु हुँदै छ। खेलाडीमा कोरोना संक्रमण देखिएको सिटीले सेप्टेम्बर २१ सम्म कुनै पनि खेलमा सहभागिता जनाउन नपाउँदा उल्भससँग तय भएको पहिलो खेल सरेको छ। यस्तै अर्को टोली म्यानचेस्टर युनाइटेडले पनि पहिलो खेल गुमाउनेछ। युरोपियन प्रतियोगिताका अन्य खेलमा सहभागी भएकाले युनाइटेडले आरामका लागि केही समय मागेको थियो।

प्रकाशित: २३ भाद्र २०७७ ०७:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App