१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

रसियाविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल पराजित

मैत्रीपूर्ण भलिबल खेलमा नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल रसियन टोलीसंग ३–० को सोझो सेटबाट हार्न पुगेको हो।यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपाल ३–० कै सोझो सेटमा पराजित भएको थियो ।

यो मैत्रीपूर्ण खेल नेपालमा यही साउन १७ गतेदेखि हुन लागिरहेको काभा नेसन्स लिगको तयारीको रुपमा नेपाल भलिबल संघको आयोजनामा भएको हो । 

काभा नेसन्स लिगमा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र माल्दिभ्सको सहभागीता रहेको छ । 

प्रकाशित: ७ श्रावण २०८१ १९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App