एसिसी महिला एसिया कप अन्र्तगत पाकिस्तानविरुद्धको खेलमा नेपालले पाँच विकेट गुमाएको छ । पाँचौ विकेटको रुपमा नेपालले सिता रानामगरलाई गुमाउन पुगेको हो । उनी २६ रन बनाएर रन आउट हुन पुगिन । उनले ३० बलमा ३ चौक्कासहित २६ रन बनाएकी हुन ।उनी १३ दशमलब ५ ओभरमा आउट हुँदा नेपालले ५ विकेटको क्षतिमा ६५ रन बनाएको थियो।
ताजास्थीतीमा नेपालले १५ ओभरमा ५ विकेट गुमाएर ६८ रन बनाएको छ । पुजा महतो र कविता जोशी क्रिजमा छन। श्रीलंकाको दम्बुलामा भइरहेको खेलमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको हो।
प्रकाशित: ६ श्रावण २०८१ २०:२३ आइतबार