एसिसी महिला एसिया कप अन्र्तगत पाकिस्तानविरुद्धको खेलमा नेपालले चार विकेट गुमाएको छ ।
चौथो विकेटको रुपमा नेपालले रुविना क्षेत्रीलाई गुमाउन पुगेको हो । उनी ८ रन बनाएर आउट भईन । रुविना ९ दशमलब २ ओभरमा आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ४० रन बनाएको थियो।
यस अघि पहिलो ओभरमा सम्झना खड्का ४ रनमा तथा चौथो ओभरमा कविता कुवँर र कप्तान इन्दु बर्मा आउट भएका थिए । नेपालकी कप्तान इन्दु बर्मा ० रनमा तथा र कविता कुँवर १३ रन बनाएर आउट भएका हुन ।
ताजास्थीतीमा नेपालले १२ ओभरमा ४ विकेट गुमाएर ५४ रन बनाएको छ । सिता रानामगर र पुजा महतो क्रिजमा छन। श्रीलंकाको दम्बुलामा भइरहेको खेलमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको हो।
प्रकाशित: ६ श्रावण २०८१ २०:०६ आइतबार