१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

एरिका नगदसहित सम्मानित

युएसए ओपन खेल्न अमेरिका पुगेकी १९औं एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छिन्।

साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लबद्वारा आयोजित कार्यक्रममा एरिका ९ लाख रूपैयाँ नगद पुरस्कारसहित सम्मानित भएकी हुन्। कार्यक्रममा एरिकालाई सात हजार ११ अमेरिकी डलर र प्रशंसापत्र प्रदान गरिएको थियो। च्याम्पियन्स मार्सल आर्ट्सको पहलमा नेपाली समाज र व्यावसायीहरूको संयुक्त प्रयासमा एरिकालाई ठूलो पुरस्कारबाट सम्मान गरिएको सागका स्वर्ण विजेता लामाले जानकारी दिए। १३औं एसियाडका कांस्य पदक विजेता सम्बरबहादुर गोलेले एरिकालाई‌ सम्मान गरेका थिए।

सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका आठांै र नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३औं सागका स्वर्ण पदक विजेता अनु अधिकारी र विप्लभलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। युएसए ओपनमा एरिकाले एक स्वर्ण र रजत गरी दुई पदक जितेकी थिइन्। उनले १८ देखि २१ वर्षको ६८ केजी तौलसमूहमा स्वर्ण र सोही तौलसमूहको सिनियरमा रजत पदक जितेकी हुन्। एरिका गत असोजमा चीनमा सम्पन्न १९औं एसियाडमा पनि नेपालको एक मात्र रजत पदक विजेता हुन्।

एसियाडमा रजत पदक जित्ने पहिलो नेपाली कराते खेलाडी पनि हुन् एरिका। हाल अमेरिका बस्दै आएकी अनुले पनि युएसए ओपनमा १६ देखि ३४ वर्षको समूहमा स्वर्ण पदक जितेकी थिइन्। विप्लभले पनि युएसए ओपनमा भाग लिए पनि पदकविहीन रहे। एरिका र विप्लभको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए।

 

प्रकाशित: २७ चैत्र २०८० १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App