९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिताः वरदान र विविकालाई स्वर्ण

बागमती प्रदेशका वरदान मोक्तान र मधेश प्रदेशकी विविका श्रेष्ठले चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा आज शुक्रबार स्वर्ण जितेका छन्।

नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ केजी फाइनलमा वरदानले लुम्बिनी प्रदेशका विशन थापालाई पराजित गरे। सोही तौलसमूहको महिला फाइनलमा विविकाले बागमतीकी नेत्रकुमारी लामिछानेलाई हराइन्।

महिला ४० केजीमा बागमतीकी सुस्मिता वाइबाले लुम्बिनीकी निमा लामा तथा ५० केजीमा बागमतीकी प्रास्ना केसीले कर्णाली प्रदेशकी सुस्मिता मगरलाई पाखा लगाउदै स्वर्ण जिते। एकल काताको पुरुषमा कोसी प्रदेशका इन्द्र राजवंशी र महिलामा बागमतीकी अप्सना मगर पहिलो भए।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने– ‘नेपाल अपार सम्भावना भएको देश हो। देशको विकास र प्रगतिका निम्ति हामीसंग प्रशस्त सम्भावनाहरु छन्। ति मध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र भनेको खेलकुद क्षेत्र नै हो। खेल आजको दुनियामा बहुआयामिक सम्भावना भएको क्षेत्र हो।’

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले मुलपानी क्रिकेट रंगशाला, भरतपुरको गौतम बुद्ध क्रिकेट रंगशाला र मोरङको वैजनाथपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी खेलकुदलाई पहिलो पटक राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेकोमा नेपाल सरकार र सम्माननीय प्रधानमन्त्रीज्यू प्रति सिंगो खेल क्षेत्रको तर्फबाट हार्दिक आभार प्रकट गरे।आयोजक संघका अध्यक्ष हरिशरण केसीले वादोरियो कराते संघको गरेको गतिविधि बारे प्रकाश पारेका थिए। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

प्रकाशित: २७ पुस २०८० १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App