१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

राष्ट्रिय वादोरियो पुस अन्तिम साता

चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ।

नेपाल वादोरियो कराते डो संघको आयोजनामा हुने प्रतियोगिता आगामी पुसको २७ र २८ गते हुन लागेको हो। संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो।

संघका अध्यक्ष हरिशरण केसीले प्रतियोगितामा पुरुष तथा महिलातर्फ समान ६ विधामा प्रतिस्पर्धा हुने जानकारी दिए। प्रतियोगिताका खेलहरू वसुन्धरास्थित यती पार्टी प्यालेसमा हुनेछन्। प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी र ६५ केजी तथा महिलामा ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुला तौलसमूह र एकल कातामा प्रतिस्पर्धा हुने भएको छ।

प्रतियोगितामा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। एक प्रदेशबाट एक तौलसमूहमा समान ६ पुरुष तथा महिला गरी कुल १२ खेलाडीले सहभागिता जनाउन पाउनेछन्। त्यसबाहेक एक जना प्रशिक्षक, एक जना व्यवस्थापक र रेफ्री रहनेछन्। प्रतियोगितामा सहभागी हुने सबै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा हरेक विधामा पदक जित्ने पुरुष/महिला खेलाडी, बेस्ट फाइटर तथा शीर्ष तीनमा रहने टोलीलाई पुरस्कार प्रदान गरिने भएको छ। प्रतियोगिता आयोजनामा करिब १७ लाख रूपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

प्रकाशित: २१ पुस २०८० ०३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App