१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

बलियो प्रतिद्धन्द्धी भारतसँग खेल्दै नेपाली महिला क्रिकेट टोली

एसिसी वुमन्स इमर्जिङ टी-२०

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ। भारत प्रतियोगिताकै बलियो र उपाधी दाबेदार टिम हो।  

खेल बिहान ११ः१५ मा हङकङको मोंग कोक मैदानमा सुरू हुनेछ। नेपाल दोस्रो खेलमा जितको खोजीमा हुने छ। यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ९ रनले पराजित भएको थियो। बलिङ उत्कृष्ट गरेपनि ब्याटिङमा चल्न नसक्दा नेपाल चुकेको थियो। उता भारत भने लगातार दोस्रो जितको खोजीमा हुनेछ। भारतले भने आयोजक हङकङलाई ९ विकेटले हराएको थियो।

प्रकाशित: ३२ जेष्ठ २०८० ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App