१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

२२ औं आहा रारा पोखरा गोल्डकप: आर्मी अभागी, संकटा गोल्डकपको सेमिफाईनलमा

संकटाका अफ्रिकन खेलाडी मेसुकेको प्रहारलाई रोक्ने प्रयास गर्दै आर्मीका दिपक गुरुङ। तस्बिर: उमेश पुन/नागरिक

पोखराको मैदानमा पहिलो उपाधिको खोजीमा रहेको विभागीय त्रिभुवन आर्मी क्लब फेरी एकपटक अभागी बन्यो।  नयाँ खेलाडी सम्मिलित संकटाले ‘स्किल फुल’ गेम देखाएपछि चार पटक पोखराको मैदानमा फाईनल खेलेको आर्मी ३–१ गोलमा पराजित हुदैं बाहिरियो।  पोखरामा दोस्रो पटक उपाधिको खोजीमा रहेको संकटाले आर्मीको उपाधि उचाल्ने सपनालाई प्रिक्वार्टरफाईनलबाटै निराश बनाएको छ।  आर्मीले आहा रारा गोल्डकपको उपाधि खडेरी तोड्न यो वर्ष पनि असमर्थ रह्यो।  संकटाले १९ औं संस्करणको आहा रारा गोल्डकप उचालेको थियो।  यद्यपी यो सहभागिता भने छैटौं हो।  सेमिफाईनल प्रवेश गरेको संकटाले फाईनल प्रवेशको लागि अर्को विभागीय क्लब सशस्त्र प्रहरी बल९एपीएफ क्लब० सँग खेल्ने छ।  

संकटाको संकटमोचन विदेशी खेलाडीले गरे।  उत्कृष्ट कमब्याक गर्ने क्रममा संकटाले अफ्रिकन खेलाडीको गोलबाट खेलमा फर्कियो।  १६ औं मिनेटमा आर्मीले पेनाल्टीमा गोल गर्दै अग्रता लियो।  आर्मीको अग्रता पहिलो हाफसम्म पनि कायम रहेन्।  संकटाका निशान खड्काले दिनेश हेमजनलाई पेनाल्टी क्षेत्रमा लडाएपनि पाएको पेनाल्टीलाई नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दिलाए।  

आर्मीले अग्रताको खुशीयाली पहिलो हाफसम्म पनि कायम गर्न सकेन्।  पावरगेममा माहिर आर्मीले ३६ औं मिनेटमा अफ्रिकन खेलाडीको गोलबाट संकटामा खेलमा फर्कियो।  कप्तान सुनिल बलले डिबक्सभित्र मिलाईदिएको छोटो पासलाई मेसुकेले गोल गर्दै संकटालाई उद्दार गरे।  उनको गोलसँगै उत्साहित संकटाले दोस्रो हाफ अझ जुझारु प्रदर्शन गर्यो।  

गोलको लागि निकै हतारिएको आर्मीले संकटाको स्ट्राईकरलाई रोक्ने प्रयास ७८ मिनेटसम्म रह्यो।  तर ७९ औं मिनेटमा सुरजजिउ ठकुरीले संकटाको लागि गोल गरेपछि आर्मीले क्रमिक रुपमा खेलमा लय गुमाउन पुग्यो।  स्टेफन विनोङले सिक्स यार्ड बक्सबाट फष्टबारमा प्रहार गरेको बल बारमा लागेर रिवाउण्ड हुन पुग्यो।  रिवाउण्ड बललाई ठकुरीले गोलमा परिणत गरे।  

पछि परेको अवस्थामा आर्मीले गोल फर्काउने प्रयास गरेपनि सफलता पाउन सकेन्।  अतिरिक्त समयमा युद्ध शाहीले फितलो प्रहारलाई गोललाईनबाट क्लियर गर्न नसकेपछि आर्मी ३–१ गोलको हार स्वीकार्यो।  मेसुकेको पासमा म्यान अफ दि म्याच स्टेफन विनोङले ‘ओपन पोष्ट’मा प्रहार गरे।  आर्मीका डिफेण्डर शाहीले रोक्न प्रयास गरेपनि बलले जाली चुम्यो।  आर्मी पोखराको मैदान र आहा रारा गोल्डकपमा अभागी बन्दै आएको छ।  आर्मीले सातौं, आठौं, १४ औं र १७ औं गोल्डकपमा फाईनल खेलेपनि उपाधि उचाल्न सकेको छैन्।  

‘जित्नकै लागि आएका हौं।  गेम निकै टफ थियो’ संकटाका प्रशिक्षक सल्यान खड्गीले भने–‘पाएको अवसरलाई सदुपयोग गर्यौं।  फिनिसिङमा चुकेनौं। ’ आर्मीले १४ औं मिनेटमा दिनेश हेमजनको पावर सट बाहिरिन पुग्यो।  त्यसपछि ६७ औं मिनेटमा सुदिल राईले डिबब्स बाहिरबाट हानेको प्रहारलाई संकटाका गोलकिपरले उत्कृष्ट ‘डाईभ’ सेभ गरेपछि संकटालाई संकटबाट टारे।  संकटाले पनि १८ र २७ औं मिनेटमा दुईवटा अवसरलाई गुमाउन पुग्यो।  

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२ औं आहा रारा गोल्डकपको मंगलबारको अन्तिम क्र्र्वाटरफाईनल मनाङ मस्र्याङदी र भुटनिज युथ स्पोर्टस क्लब अमेरिका बीच हुने छ।  

प्रकाशित: १८ पुस २०७९ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App