७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

हस्ताक्षर गर्नुपूर्व आफ्नो बयान पढ्दै निलम्बित प्रधानन्यायधीश जबरा

निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको पुरक बयान सकिएको छ। अहिले उनी महाअभियोग सिफारिस समितिले तयार पारेको आफ्नो बयान पढिरहेका छन्।

बयान सकेपछि त्यसमा हस्ताक्षर गर्नुपर्ने भएपनि उनले आफूले दिएको बयान एक पटक पढेर मात्र हस्ताक्षर गर्ने इच्छा व्यक्त गरेको थिए। ‘आफ्नो बयानमा हस्ताक्षर गर्ने बेला भएको छ। त्यसैले उहाँ अहिले आफ्नो बयान बढिरहनुभएको छ’, समितिका सदस्य कृष्णभक्त पोखरेलले नागरिक न्यूजसँग भने।

समितिले उनको बयान करिब १७४ पृष्ठमा उतारेको छ। सुरुमा बयान नपढि हस्ताक्षर गर्ने मनस्थिती बनाएका जबरापछि पुरै बयान पढन लागेका छन्। समितिले शुक्रबार बिहान उनलाई पुरक प्रश्न पनि सोधिसकेको छ। यसअघि उनलाई ४२ वटा पूर्वनिर्वारित प्रश्नहरु सोधिएको थियो। समितिले भदौं १५ गतेबाट उनको बयान सुरु गरेको थियो।

प्रकाशित: ३१ भाद्र २०७९ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App