१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी हिरासतबाट आरोपित फरार

इलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट जबरजस्ती करणीका आरोपित फरार भएका छन्। बाँके खजुरा गाउँपालिका–८ का अब्दुल खाँ इप्रका मोतिपुरबाट सोमबार फरार भएका हुन्।

फरार खाँलाई जबरजस्ती करणी आरोपमा प्रहरीले गत असार २३ गते पक्राउ गरी म्याद थप गरेर अनुसन्धान कै क्रममा हिरासतमा राखेको थियो। खाना खाएर सरसफाई गर्ने क्रममा इप्रकासंगै जोडिएको जंगल आरोपित खाँ भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सुर्य प्रकाश सुवेदीले बताए।

‘डिउटीमा रहेको प्रहरीलाई भुक्याएर जबरजस्ती करणीका आरोपित फरार भएको हो’ डिएसपी सुवेदीले भने, ‘फरार अभियुक्त खाँलाई खोज्न फिल्डमा प्रहरी खटिएको छ।’ हिरासतबाट अभियुक्त कसरी फरार भएको छानविन भइरहेको छ’ डिएसपी सुवेदीले भने, ‘छानविनपछि डिउटीमा लापरवाही गर्ने प्रहरीलाई विभागीय कारबाही हुनेछ।’

प्रकाशित: १० श्रावण २०७९ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App