११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्यटन बोर्डका पदाधिकारी काममा फर्किए

अदालतको आदेशपछि प्रदेश पर्यटन बोर्डका पदाधिकारी काममा फर्किएका छन्। आइतबार प्रदेश पर्यटन बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गरी बोर्डका पदाधिकारीहरूले काम थालेको जानकारी दिएका हुन्।

मंसिर ८ गते अदालतले अल्पकालिन अन्तरिम आदेश दिएपछि आफूहरू काममा फर्किएको प्रदेश पर्यटन बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीले बताए। उनले बोर्डमा सरकारले कार्यकारी अधिकृत  नियुक्त नगरेसम्म काम गर्न असजिलो हुने भए पनि संवाद,  छलफललगायतका कामहरू आफूहरूले गर्न थालेको जानकारी दिए।

भीम आचार्य नेतृत्वको सरकारले गठन गरेको प्रदेश पर्यटन बोर्डलाई राजेन्द्र राई नेतृत्वको सरकारले खारेज गरेको थियो। बोर्ड खारेज भएपछि पदाधिकारी पनि स्वतः हटेका थिए।  

प्रकाशित: ११ पुस २०७८ १४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App