७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

महानगरले बाढीमा ज्यान गुमाएका परिवारलाई रकम प्रदान

कात्तिकको पहिलो साता परेको अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु भएकाको परिवारलाई विराटनगर महानगरपालिकाले राहत रकम प्रदान गरेको छ।

महानगरपालिकाको विपद् समितिको बैठकले नगर क्षेत्रभित्रका बाढीबाट मृत्यु भएको ३ जनाको परिवारलाई काजकिरिया खर्च वापत जनही ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको थियो। विराटनगर–१ का २१ वर्षीय सञ्जित कामत, विराटनगर–५ का ४१ वर्षीय सञ्जय राई र विराटनगर–१२ का इशान भुजेलको बाढीमा परी मृत्यु भएको थियो।

विराटनगर महानगरपालिकाको तर्फबाट आइतबार मेयर भीम पराजुलीले विराटनगर–१ स्थित धर्मशाला चोकमा बाढीले बगाएर निधन भएको कामतको घरैमा पुगेर उनका बुवा बैजनाथ कामतलाई किरिया खर्चका लागि ५० हजारको चेक प्रदान गरे।

मेयर पराजुलीले जीवनको अगाडि पैसाको मूल्य नभए पनि मजदुरी गरेर खाने कामतका परिवारलाई काजकिरियाका लागि प्रदान गरिएको रकमले केही मद्दत मिल्ने बताए।  

अन्य मृतकको घरमा गएरसमेत रकम प्रदान गर्नेछौं। उनले हरेक वर्ष सिंघिया खोलामा आउने बाढी दुःख दिने गरेकाले त्यसको व्यवस्थापन गर्ने काम भइरहेको बताए।

प्रकाशित: १४ कार्तिक २०७८ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App