७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पहिरोले घर पुर्दा छ जनाको मृत्यु

अविरल वर्षाका कारण पहिरोले घर पुर्दा हुम्लामा छ जनाको मृत्यु भएको छ। मंगलबार बेलुका साढे आठ बजेतिर आएको पहिरोले घर पुर्दा हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेल गाउँका छ जनाको मृत्यु भएको हो। स्थानीयका अनुसार खाना खाएर सुतिरहेको बेला घर माथिबाट पहिरो खसेको थियो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी हेरम्ब शर्माले खार्पुनाथका ७० वर्षीय धनवीरे शाहीको घर पहिरोले पुर्दा उनीसहित ससुराली आएका ज्वाईँ ५५ वर्षीय कलबहादुर शाही, ४० वर्षीया छोरी आशा शाही, १३ वर्षीय नाति अलिन्द शाही, पाँच वर्षीय हेमश शाही र तीन वर्षीय जस शाहीको मृत्यु भएको हो।

डिएसपी शर्माका अनुसार र्खेल गाउँका केही घरहरु पहिरोको जोखिममा छन्। ति घरका मानिसहरुलाई आफन्तको सुरक्षित घरमा बस्न सल्लाह दिइएको उनले बताए। ‘जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय नहुँदासम्मका लागि आफन्तकोमा बस्न सल्लाह दिएका हौं,’ उनले भने, ‘भिरालो जमिनमा भएका केही घरहरु पहिरोको उच्च जोखिममा छन्।’

प्रकाशित: ३ कार्तिक २०७८ १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App