५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बालबिवाहको डर लाग्दो चित्र: एकै बर्ष ८ सय ६० बालिका गर्भवती

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको गत बर्षको तथ्यांकअनुसार जुम्लामा बालबिवाहको अवस्था निकै डर लाग्दो छ। गाउँमा बालबिवाहको कुनै तथ्यांक नभएपनि स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने २० बर्ष मुनिका बालिकाको अवस्था हेर्ने हो भने जुम्लामा बालबिवाहको अवस्था भयाभह नै देखिन्छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाकाअनुसार गत आर्थिक बर्षमा बालिका उमेरमै गर्भजाँच गराउनेको संख्या ८ सय ६० जना रहेको छ। यो तथ्यांकले जुम्लामा बालबिवाहको अवस्था भयाभह भएको पुष्टि गरेको छ।  

जिल्लामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय ९० जना र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना बालिकाले गर्भ जाँच गराएको देखिन्छ। पातारासी गाउँपालिकामा १३४ जना, कनकासुन्दरीमा ९० जना, सिँजा गाउँपालिकामा ६८ जना, चन्दननाथ नगरपालिकामा १९० जना, गुठिचौर गाउँपालिकामा ९५ जना, तातोपानीमा ६६ जना, तिलामा १४० जना र हिमामा ७७ जना बालिकाले गर्भ जाँच गराएका छन्।  

गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन्। यो पनि बालबिवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। उनले भने, ’बालबिवाहले महिला स्वास्थ्य र बालस्वास्थ्यमा प्रत्यक्ष असर  परिरहेको छ। सबैभन्दा बढी महिलामा स्वास्थ्य समस्या देखिनु कम उमेरमै बिवाह गर्नाले हो।’

५५ जना बच्चा मृतक जन्मिएका छन्।  २० बर्ष मुनिका ३० जनाले औषधि सेवन गरेर गर्भपतन गराएका छन्। १३ जनाले सुरक्षित गर्भपतन गरेको तथ्यांक छ। यो तथ्यांक हरेक स्थानीयतहमा रहेका स्वास्थ्य संस्थाले दिएको प्रतिबेदनका आधारमा तयार परिएको स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।  २० बर्ष मुनिका ५ जनाले इम्प्लान्ट प्रयोग गरेका छन्।

प्रकाशित: १ भाद्र २०७८ ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App