coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बालबिवाहको डर लाग्दो चित्र: एकै बर्ष ८ सय ६० बालिका गर्भवती

गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन्। यो पनि बालबिवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। उनले भने, ’बालबिवाहले महिला स्वास्थ्य र बालस्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ। सबैभन्दा बढी महिलामा स्वास्थ्य समस्या देखिनु कम उमेरमै बिवाह गर्नाले हो।’

कानुनले रोकेको बालबिवाह बढेको बढ्यै

गत वर्ष रोल्पा अस्पतालमा भएका ३ सय ५४ सुत्केरी मध्य ५६ जना २० वर्ष मुनि उमेर समुहका थिए। ति मध्य ८ जना किशोरीको अप्रेशन गरेर सुत्केरी गराउनु परेको थियो। त्यसो त १ सय ६७ जनाले सुरक्षित गर्भपतन सेवा लिएकोमा १७ जना २० वर्ष मुनि उमेर समुहका छन्।

बालबिवाह हुन नदिने रौतामाईको प्रतिबद्धता

जाल्पा एकीकृत विकास समाज (जीड्स) उदयपुरको आयोजना र रौतामाई गाउँपालिकाको समन्वयमा सम्पन्न २ चरण्को तालिममा सहभागी सरोकारवालाहरुले किशोरकिशोरीमैत्री काममा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका हुन्।

बालबिवाहप्रति कठोर बन्दै स्थानीय सरकार, दर्जन बढी बालबिवाह रोकियो

बालबिवाह गर्न लागेको जानकारी पाउने बित्तिकै आपसी छलफलका आधारमा रोक्ने गरिएको छ। बालबिवाह रोक्न वडास्तरीय बाल संरक्षण समिति पनि निकै सक्रिय छ। त्यसमा वडा सरकारले पूर्ण साथ दिएको छ।

बालबिवाह न्यूनिकरण गर्न समाजमा सचेतना जगाउनुपर्छ : मन्त्री बराल

बाँकेमा बालबिवाह न्यूनिकरण गर्न अझै चुनौती देखिएको छ। सामाजिक कु–सँस्कृती, अशिक्षा, गरिबी लगायत विविध कारण बाल बिबाह न्युनिकरण हुन नसक्नुको मुख्य कारक रहेको सम्वद्धहरुको निस्कर्ष छ। हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार बाँकेमा ८०.७९ प्रतिशत महिला र ६०.९२ प्रतिशत पुरुषले १९ वर्ष मुनिको उमेरमा बालबिवाह गरेको पाइएको छ।

बालबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान

खोटाङमा वालबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाका ४० वर्षीय पूर्णबहादुर राईलाई अदालतले तोकिए अनुसारको सजाय भुक्तानका लागि आइतबार कारागार चलान गरिएको हो।

बालबिवाह विरुद्धको सय दिने सञ्चार अभियान सुरु

सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्धारा सञ्चालित सीआइएनले बालबिवाह विरुद्धको सय दिने सञ्चार अभियान सुरु गरेको छ। सोमबार आयोजित पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले सय दिनमा रेडियोमार्फत वाल विवाह अन्त्यका लागि १० हजार व्यक्तिको प्रतिबद्धता र बिचार प्रस्तुत गरिने जानकारी दिए।

अभिभावक अगाडि राखेर किशोरीले भने,‘बालबिवाह गर्दैनौं’

सेखौना–३ की १४ वर्षीया रुवीकुमारी पासवान आमा गीतादेवी संगै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल समक्ष आएर २० वर्ष पछि मात्र विवाह गर्ने प्रतिबद्धता जनाएपछि उपस्थित सर्वसधारणले थपडी बजाएर स्वागत गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्