१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बाढी तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

अविरल वर्षाको कारण कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका १ मध्यनगरको अरुवा खोलाको बीच भागमा अलपत्र परेका ८ जना बालबालिकाहरुको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।  

गाईवस्तु चराउन गएका उनीहरु खोलाको बीचभागमा अलपत्र परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जवावैराथबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो।  

यसैगरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ स्थित थारु टोलमा नदिको बहाव बढ्न गई डुवानमा परेका २४ वटा घरबाट खाद्यान्न तथा अन्य सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ।  

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरहरुको सामान सुरक्षित स्थानमा सारेको हो।    

प्रकाशित: ३ असार २०७८ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App