१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कोरोना संक्रमितले दूध वितरण गर्दै हिँडेको जनगुनासोपछि डेरी उद्योगमा अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा डेरी उद्योगहरुमा अनुगमन गरेको छ। डेरीको दुध वितरकहरु कोरोना संक्रमित भएकाहरुले वितरण गर्दै हिड्दा महामारी फैलिएको जनगुनासो आएकोले डेरीमा अनुगमन गरेको जनाइएको छ।  

अनुगमनमा शिवम् डेरी प्रा.लि.मा दुधमा ल्याक्टो बढाउन मिसाउने दुधको पाउडरमा मुसाको लिडहरु भएको, बरफ बनाउने भाडोहरु र पानी ट्याङ्कीकाे पानीभित्र पनि प्रशस्त मात्रमा मुसाको लिड भेटिएकोले सरसफाईमा ध्यान दिन र म्याद नाघेको कलर फूड  १५ बट्टा, चोको पाउडर १ पाकेट, मुसाको लिड भएको दूधको पाउडर १ बोरा जफत गरी नष्ट गरिएकाे छ। 

साथै कामदार र वितरकहरुलाई पिसिआर परीक्षण गराई स्वस्थ्य व्यक्तिहरुलाई मात्र काममा लगाउन, दहीमा लेबल नभएकोले लेबल राखेर मात्र विक्रीवितरण गर्न र नगरपालिकामा दर्ता प्रमाण पत्र, विल विजक नदेखाएकोले उक्त कागजात लिएर तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए।  

त्यस्तै भक्तपुर डेरी प्रा.लि.मा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन, सरसफाईमा ध्यान दिन निर्देशन दिइएकाे छ भने म्याद नाघेको दूधको पाकेट थुप्रै मात्रमा भेटिएकोमा एसिडिटि परीक्षण गरी दुध बनाउनालाई पठाउने भनी कर्मचारी बसन्तले बताए। त्यस्तै संजिवनी डेरी उद्योगमा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन लगाउने, दहीको बट्टामा लेबल नभएकोले राख्न निर्देशन दिएकाे छ। 

त्यस्तै जगदम्बा डेरी एण्ड वेभरेज प्रा.लि.मा कामदार र वितरकको पिसिआर परीक्षण गराउने, अनुगमनको समयमा एकाउन्टेन्ट नभएकोले नगरपालिकाको प्रमाणपत्र र विल वजक नदेखाएकोले उक्त कागजात लिई नगरपालिकामा उपस्थित हुन निर्देशन दिएकाे छ।

अनुगमनमा भनपा श्यानिटेशका वडा निरीक्षक.रामकृष्ण प्रजापति, कर उपशाखाका अर्जून खाईतू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक प्रेमराज महरा, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्च मनोज थापा, धरेलु तथा साना उद्योग संघका प्रेमकृष्ण खर्बुजाको सहभागी थिए।

प्रकाशित: १८ जेष्ठ २०७८ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App