३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपालमा लगानीका प्रशस्त अवसरहरु छन्: अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमा  लगानीको प्रशस्त अवसर रहेको बताएकी छिन्।

आइतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको एक सत्रमा बोल्दै  अध्यक्ष ज्ञवालीले नेपालमा इ–कमर्स, डिजिटल सूचना प्रविधि, जडिबुडी, पर्यटन, सूचना प्रविधि देखि डिजिटल सूचना प्रविधिको विकासका प्रशस्त सम्भावना रहेको बताइन्।

‘नेपाल प्राकृतिक स्रोतसाधन, हरियाली, जैविक विविधता र उर्वर माटोका हिसाबले धनी छ। यसले नेपालमा  जडिबुडी, पर्यटन, कृषि तथा टेक्सटायल उद्योगका यथेष्ट सम्भावना रहेको छ,’ उनको भनाई थियो।

ज्ञवालीले यी सम्भावित क्षेत्रमा नवीनताको विकास गर्न तथा अन्तर्राष्ट्रिय लगानीकर्तासँग सहकार्य गर्न नेपाल तयार रहेको बताइन्। नेपालका प्रतिभाशाली युवाले सूचना प्रविधि र इकमर्सको क्षेत्रमा विश्वलाई आउटसोर्सिङ सेवा दिन सक्ने उनको तर्क थियो।

यसै गरी सार्वजनिक र  निजी क्षेत्रका सहकार्य र विदेशी लगानीले नेपालको दिगो आर्थिक विकास हुन सक्ने अध्यक्ष ज्ञवालीले धारणा राखिन्।

विश्वमा जलवायु सङ्कटले मानव अस्तित्वलाई समेत चुनौती दिएको चर्चा गर्दै उनले यो परिप्रेक्ष्यमा विश्वले नवीकरणीय ऊर्जाको विकासमा ध्यान दिइएको र यो नेपालको लागि नेपालको लागि अवसर रहेको उनले बताइन्।

सङ्कटले अवसर पनि निम्ताउने चर्चा गर्दै उनले जलवायु सङ्कटले नेपालमा नवीकरणीय ऊर्जाको अथाह संभावनको ढोका खुलेको ज्ञवालीको दाबी छ।

नेपालका पहाडी तथा दुर्गम जिल्ला जुम्लामा समेत हरेक कुनामा लघुजलवित्त परियोजनाको सञ्चालन र परिवर्तनकारी प्रभाव ल्याएको भइरहेको आफुले पाएको चर्चा गर्दै उनले नेपालमा लघुजलविद्युत, जलविद्युत तथा सौर्य ऊर्जाको प्रशस्त सम्भावना रहेको उनको कथन थियो।

अध्यक्ष ज्ञवालीले महिला उद्यमी महासङ्घले नेपालमा महिला उद्यमको विकास राष्ट्रिय स्तरमा मात्र नभै अन्तर्राष्ट्रिय तहमा समेत विकासमा कार्यरत रहेको उनले बताइन्।

प्रकाशित: १६ वैशाख २०८१ १८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App