३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

जुम्लामा सौतेनी आमाको हत्या आराेपमा छोरी पक्राउ

जुम्लामा सौतेनी आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरीलाई नियन्त्रणमा लिएको छ।

जुम्लाको पातारासी गाउँपालिका-३ छुमगाउँ बस्ने ५१ वर्षीय सुवा महताराको हत्या गरेको आरोपमा नाताले छोरी पर्ने २७ वर्षीय हान्सु ऐडी पक्राउ परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार शनिबार साँझ छोरी ऐडीले सौतेनी आमा महतारालाई ढिकी कुट्ने मुसल र ढुंगा प्रहार गरेकी थिइन्।

ढुंगा र मुसल प्रहारबाट गम्भीर घाइते उनलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीलाई घटनाबारे ढिलो जानकारी आउँदा आइतबार बिहान मात्र ऐडीलाई पक्राउ गरिएको चन्दले जानकारी दिए। चन्दका अनुसार ऐडीको मानसिक सन्तुलन ठिक नभएको र औषधी सेवन गरिरहेको बुझिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १६ वैशाख २०८१ १९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App