१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुलीका एसपी तिमल्सिनाको तीन महिना नबित्दै सरुवा

आवश्यकता अनुसार सरुवा भयोः प्रहरी प्रधान कार्यालय

तीन महिना नबित्दै सरुवा भएका जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख एसपी आभुषण तिमल्सिना ।तस्बिर : अनिल/नागरिक

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी आभुषण तिमल्सिनाको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले पुसको अन्तिम साता मात्रै सिन्धुलीमा सरुवा गरि पठाएको एसपी तिमल्सिनाको तीन महिना नबित्दै सरुवा भएको हो।  

एसपी तिमल्सिनाको काज सरुवा भइ प्रहरी प्रधान कार्यालय तानिएको नेपाल प्रहरी केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुवरले पुष्टि गरे। उनले भने, 'काज सरुवा भएको हो, उनले भने के कारणले भन्ने मलाई जानकारी हुँदैन, आवश्यकता अनुसार सरुवा भएको हो।' गत पुस २१ गते मात्रै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको जिम्मेवारीमा सरुवा भएका एसपी तिमल्सिनालाई आर्थिक अनियमितता तथा क्रसर व्यवसायीसँगको मिलेमतोको आरोपमा काज सरुवा भएको स्रोतको भनाइ छ। सिन्धुलीका केही स्थानीयले सामाजिक सञ्जालमा एसपीको सरुवालाई लिएर ढुङगागिट्टी शक्तिशाली भएको टिप्पणी गरेका छन्।  

सामान्यतया प्रहरीले प्रहरी प्रमुखको जिम्मेवारीसहितको सरुवा भएका प्रहरी प्रमुखको एक वर्ष पुगेपछि मात्रै सरुवा गर्ने नीति लिएको छ। तर आर्थिक अनियमितता तथा अन्य आरोप लागेमा आवश्यकता अनुसार काज सरुवा गर्ने गरेको प्रहरी स्रोत बताउँछ । एसपी तिमल्सिनाको ठाँउमा सर्वोच्च अदालतको सुरक्षा कार्यालयमा कार्यरत एसपी गोबिन्द थपलियालाई काज सरुवा गरिएको छ।

प्रकाशित: १३ चैत्र २०७७ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App