१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अनमीको परीक्षा,सिएमएको प्रश्नपत्र !

अनमीका परीक्षार्थीलाई दिईएको सिएमएको प्रश्नपत्र ।

घोराही स्थित राप्ती हेल्थ ईन्स्टीच्यूटमा ‘अनमी’ अध्ययनरत मंजु दर्लामी गत बर्ष कात्तिकमा भएको अन्तिम परिक्षामा फेल भईन् । एनोटोमी एण्ड फिजियोलोजी बिषयमा फेल मंजुले पुरक परीक्षाको मौका पाईन् । एउटा बिषय लागेको खण्डमा पुरक परीक्षा दिन पाईने सिटिईभिटीले व्यवस्था गरेको छ । कोरोना कहरका कारण लामो समय सम्म पुरक परीक्षा हुन सकेन । शनिबार मात्रै उनले पुरक परिक्षा दिन पाईन् । तर, सिटिईभिटि अन्तर्गतको परीक्षामा गरिएको चरम लापरवाहीका कारण अनमीमा अध्ययनरत मंजुले परीक्षा भने सिएमएको दिईन् । उनलाई अनमीको प्रश्न पत्र नदिई सिएमएको प्रश्न पत्र दिईयो । फरक कार्यक्रमको परीक्षा दिएकी उनले भनिन् ‘अनमीको बिद्यार्थी मैले सिएमएको परीक्षा दिएपछि म सोझै फेल हुने भैहाले नि ?’

एनोटोमी एण्ड फिजियोलोजी नामक बिषय सिएमए र अनमी दुबैमा पढाई हुन्छ । तर बिषयको नाम एकै भएपनि सिएमए र अनमीको पाठ्यक्रम भने नितान्त फरक हुन्छ। घोराही स्थित परीक्षा केन्द्रमा भने कुन कार्यक्रमका बिद्यार्थीहरु हुन् भन्ने हेक्का राखिएन । अनमीका परीक्षार्थीहरुलाई सिएमएको प्रश्न पत्र बाँडियो र परीक्षा गराईयो।‘बिषयको नाम एउटै भएकाले सुरुमा हामीहरुले ख्यालै गरेनौँ,’मंजुले भनिन् ‘पेपरमा सोधिएका प्रश्नहरु फरक फरक लाग्यो, पछि सिएमएको प्रश्न पत्र भन्ने थाहा पायौँ ।’  

पशुपति बुढालाई पनि सुरुमा फरक कार्यक्रमको परीक्षा दिईरहेको छु जस्तै लागेन । उनले प्रश्नहरु घुमाएर दिएको होला भन्ने मात्रै सोचिन् । तर परीक्षा सकिएपछि उनले पनि बल्ल थाहा पाईन् — आँफूले अनमीको नभई सिएमएको परीक्षा दिएछु भन्ने । ‘प्रश्नहरु धेरै फरक थिए, तर पनि घुमाएर सोधेको होला भन्ने लाग्यो, सुरुमा ख्यालै गरिँन,’ उनले भनिन् ‘परीक्षा सकिएपछि बल्ल थाहा पाएँ, सिएमएको परीक्षा दिएछु भन्ने ।’ एक बिषयमा पुरक पाएकी पशुपतिलाई पनि यो मौका गुमेकोमा ढुक्क छिन् । ‘अनमीको परिक्षै नदिएपछि कसरी पास हुने त ?’ उनले भनिन् ‘कम्तिमा हामीहरु अनमीका बिद्यार्थी हौँ भन्ने परीक्षा केन्द्रले त थाहा पाउनु पर्ने नि ।’

सिटिईभिटि अन्तर्गत शनिबार लिईएको पुरक परीक्षामा भएको यो चरम लापरवाहीले ८ विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । १८ महिने अनमी कार्यक्रममा अध्ययनरत पशुपति र मञ्जु सहित ८ परिक्षार्थीहरुले सिएमएको परिक्षा दिएका छन् । ‘परीक्षा जस्तो संवेदनशिल बिषयमा पनि ध्यान पुर्याईएन,’ ईन्स्टीच्यूटका एक अधिकारीले भने ‘यस्तो गम्भिर लापरवाही गरेर ८ बिद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरिएको छ ।’ सिटिईभिटिका लुम्बिनी प्रदेश संयोजक अरबिन्द चौधरीले अनमीका बिद्यार्थीहरुलाई सिएमएको परीक्षा दिन लगाईएको भए गम्भिर गल्ती भएको वताए । उनका अनुसार बिषयको नाम एकै भएपनि सिएमए र अनमीको पाठ्यक्रम भने निकै फरक हुन्छ । ‘सिएमए र अनमीको एउटै नाम गरेको एनोटोमी एण्ड फिजियोलोजी नामक बिषय हुन्छ,’ उनले भने ‘तर बिषय एउटै भएपनि पाठ्यक्रम भने नितान्त फरक हुन्छ ।’ उनका अनुसार सिटिईभिटिले अनमीकै प्रश्नपत्र पठाएको थियो । ‘तर कसरी फरक प्रश्नपत्र परिक्षार्थीलाई दिईयो, कमजोरी कहाँ भयो ?’ उनले भने ‘यो बिषयमा अध्ययन गर्छौँ ।’

सिएमएको परीक्षा दिएका अनमीका बिद्यार्थीहरुका बारेमा सिटिईभिटिले अर्को निर्णय नलिए उनिहरु स्वतः फेल हुनेछन् । ‘अनमीको परीक्षै नदिएका विद्यार्थीहरु कसरी पास हुन्छन् ?’ ईन्स्टीच्यूटका ति अधिकारीले भने ‘यसबारेमा सिटिइृभिटिीले आफ्नो कमजोरी सच्याएर ति विद्यार्थीहरुको भविष्यका बारेमा सोच्नु पर्छ ।’  सिटिईभिटिका प्रदेश प्रमुख चौधरीले पनि केन्द्रले गर्ने निर्णयका आधारमा मात्रै उनिहरुको परीक्षा के हुने भन्नेमा आँफूले भन्न सक्ने बताए । ‘सम्बन्धीत परीक्षा केन्द्रले त्यहाँ भएको तथ्य सहितको पत्र केन्द्रमा पठायो भने केन्द्रले केहि निर्णय गर्ला,’ उनले भने ‘अन्यथा ति विद्यार्थीहरुले अनमीको परीक्षा नदिएको स्वतः ठहरिने छ ।’ परीक्षा केन्द्र तोकिएको शहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका परिक्षा संयोजक सर्जन गौतमले सिएमए र अनमीको परीक्षा बिषयको नाम एकै भएले प्रश्नपत्र साटफेर हुन पुगेको वताए । ‘परीक्षार्थीहरुले पनि सुरुमा यो कुराको ख्यालै गरेनन्, उनिहरुले सुरुमै थाहा पाएको भए उतिखेरै सच्याई हाल्थ्यौँ,’ उनले भने ‘साँझ मात्रै गलती भयो भन्ने थाहा भयो ।’  उनका अनुसार शिक्षालयले सिटिईभिटिलाई यहाँ भएको गल्तीका बारेमा जानकारी गराउँदैछ । यसका आधारमा समस्या समाधान भैहाल्ने उनले दाबी गरे । ‘हामीहरुले ईमेल गर्दैछौँ,यो बिषय सच्चिईहाल्छ,’ उनले भने । 

 

यो पनि पढ्नुहोस्

कर्मचारी नहुँदा स्थानीय तहमा समस्या, सचिवको काम अनमीको भरमा

 

प्रकाशित: ४ माघ २०७७ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App