१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

अमेरिकी बिहार : युनिभर्सल पिस सेन्टरका लागि मुठीदान अभियान

सम्झना २०२०

लुम्बिनीमा बन्न लागेको अमेरिकी गुम्बा वल्र्ड पिस सेन्टरका लागि एक रूपैयाँ दान गर्दै विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ।

लुम्बिनीमा बन्न लागेको अमेरिकी गुम्बामास्थित सेन्चुरी फर युनिभर्सल पिस सेन्टरका लागि मुठी दान अभियान सुरु भएको छ। केन्द्र निर्माणकालागि मुठिदानअन्तर्गत विभिन्न क्षेत्रका उच्च ओहोदाका व्यक्तिहरूबाट एक रूपैयाँ दान कार्यक्रम अगाडि बढाइएको हो। सो अभियानअन्तर्गत बुधबार नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले लुम्बिनीमै पुगेर एक रूपैयाँ दान गरे। पिस केन्द्रका परिकल्पनाकार श्याल्पातेन्जिङ रिम्पोचेलाइ घिसिङले एक रूपैयाँ दान गर्दै शान्ति केन्द्र निर्माणका लागि सहयोगमा जुटन आह्वान पनि गरे। पिस केन्द्र निर्माणले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे।  

लुम्बिनीप्रति विश्वको ध्यान आर्किष्ट गर्दै पिस केन्द्र बनाउन एक रूपैयाँ दान अभियान सुरु गरिएको अभियानका परिकल्पनाकार रिम्पोचेले बताए। नेपालसहित विश्वका अन्य मुलुकका नागरिकलाई पनि यो अभियानमा सहभागी गराई लुम्बिनीप्रति आकर्षित गराउन अभियान सञ्चालन गरिएको उनको भनाइ छ। त्यसका लागि नेपालमा एक रूपैयाँ र बहिरी मुलुकका नागरिकका लागि १ डलर दान गर्ने अभियान चलाइएको हो।  

अभियानको सुरुवात गत मंसिरमा गरिएको हो। सार्कका महासचिव इसाला रुवान विराकुनले एक रूपैयाँ दान गरेर अभियानको शुभारम्भ गरेका थिए। केही दिनअघि पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पनि लुम्बिनीमै पुगेर एक रूपैयाँ दान गरेका थिए।  

लुम्बिनीमा अमेरिकन संस्था राङरिङ आइएनसीले कमल फुलको आकारमा बिहार बनाउन लागेको हो। जसलाई वल्र्ड पिस केन्द्र नाम दिइएको छ। जसमा गुम्बा तथा बिहारसहित दुई हजार क्षमताको सभाकक्ष तथा शान्तिवार्ता या ध्यान कक्ष, पुस्तकालय, संग्राहलय पनि रहनेछ। जहाँ विभिन्न मुलुकका सोधकर्ताहरूको खोज, अनुशन्धानसहित प्राचिन र आधुनिक भाषामा लेखिएका बौद्ध धर्मसम्बन्धी पुस्तकहरूको संकलन रहने बताइएको छ। पाँच वर्षअघि जग्गा उपलब्ध गराइए पनि अहिलेसम्म निर्माणको काम भने सुस्त रूपमा चलेको छ। संस्थाले आगामी तीन बर्षमा निर्माण सक्ने लक्ष्य लिएको बताएको छ।

प्रकाशित: १७ पुस २०७७ ०५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App