१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

नलको पानी जम्ने खाल्टोमा डुबेर बालकको मृत्यु

कपिलवस्तु नगरपालिका–७ धमौलीमा नलको खेर जाने पानी जमेको खाल्टोमा डुबेर ढेड वर्षका बालकको मृत्यु भएको छ । घरमा रहेको नल नजिकै रहेको खाल्टोमा डुबेर स्थानीय जैसराम अहिलको छोरा पंकजको डुबेर मृत्यु भएको हो । 

ईलाका प्रहरी कार्यालय पकडी अनुसार घरका अन्य सदस्य काममा ब्यस्त भएको बेला खेलीरहेका बालक अचानक खाल्टोमा डुबेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित: १३ भाद्र २०७७ १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App