१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चाडपर्व मनाउँदा पालना गर्नुपर्छ अब यस्तो मापदण्ड

कोभिड १९  महामारीको बेला चाडपर्व तथा कुनै पनि उत्सव मनाउनका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ। यो अवधिमा पर्व तथा उत्सव मनाउनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ‘चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुु पर्ने जनस्वास्थ्य मापदण्ड २०७७’ जारी गरेको छ । यो मापदण्ड सबैले अनिवार्य रुपमा पालना गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।  

मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा, तथा उत्सव मनाउँदा एउटै घरमा बस्ने व्यक्ति वाहेक अन्यसंंग भेट कम गर्ने, भेट गर्नु परेमा दुई मिटरको दूरीमा अनिवार्य कायम गर्ने, चाडपर्वमा सकेसम्म घरबाहिरको भेटघाटमा नजाने, जानै परेमा सर्जिकल मास्क लगाएर, स्थलमा पुग्दा अनिवार्य रुपमा साबुन पानीले हात धुने गर्नु पर्नेछ ।  

मापदण्डले धार्मिक स्थलमा भेला हुँदा भौतिक दुरी कायम गरी नमस्कार, तथा अभिवादन गर्ने तर हात मिलाउने र अंकमाल नगर्नेै प्रावधान  अघि सारेको छ । त्यसै गरी रेलिङ, देवी–देउताका मुर्ती नछुने, अनुहारको टी क्षेत्र आँखा, नाक र मुख नछुने र छुनै परमो हात धोएर या सेनिटाइजरको प्रयोगपछि मात्र छुनु पर्नेछ ।

खोक्दा या हाच्छ्यि गर्दा टिसियु पेपर या रुमालले छोपेर मात्र गर्ने, सार्वजनिक स्थलमा नथुक्ने, उच्च जोखिममा भएका व्यक्तिहरू घरबाहिरका व्यक्तिसित सहभागी हुने स्थलमा नजाने गर्नु पर्नेछ ।  

मापदण्डका अनुसार उच्च जोखिमका व्यक्तिहरुमा ज्वरो खोकी, श्वास–प्रश्वासको समस्या भएका, ६० वर्ष माथिका, गर्भवती तथा सुत्केरी, १२  वर्ष मुनिका बालबालिकाहरू, मधुमेह, क्यानसर तथा दमरोगीहरू, उच्चरक्तचाप, दम, कलेजो तथा मिर्गौला सम्वन्धी रोग भएका व्यक्तिहरू र हालै सर्जरी गरेका व्यक्तिहरू पर्छन् । यो समुहका व्यक्तिहरू घरबाहिरका व्यक्तिसित भेटघाट गर्नु हुनेछैन ।  

त्यसै गरी आयोजकले भीडभाड व्यवस्थापनको लागि जनस्वास्थ्यका सुरक्षाको व्यवस्था गर्ने, हात धुने साबुन पानीको व्यवस्था गर्ने, कार्यक्रम स्थल हरेक दिन कम्तीमा दुई पटक निसंंक्रमण गर्ने, धेरै सम्र्पकमा आउने सतहरूरु रेलिङ, मुर्तिहरू समय–समयमा सफाइ गर्ने, कार्यक्रम स्थलमा कोभिड १९ सम्वन्धी पोस्टर र एसएमएस र प्रर्याप्त टाँस्ने, प्रवेश स्थलमा थर्मल थर्मोमिटरले ताफक्रम जाँच गर्ने, कार्यक्रम स्थलमा धुमपान, मद्यापन निषेधित गर्नु पर्नेछ ।

जनस्वास्थ्यको नियम पालना नगर्ने व्यक्तिलाई स्थानीय प्रशासनले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने मापदण्डमा उल्लेख छ ।

प्रकाशित: २३ श्रावण २०७७ १०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App