१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा राष्ट्रिय परिचय वितरण शुरु

जुम्लामा राष्ट्रिय परिचय पत्र वितरण कार्य शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाललाई परिचय पत्र दिएर औपचारिक रुपमा परिचय वितरण कार्य शुभारम्भ भएको जनाएको हो । प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतले एक कार्यक्रमका बीच उनीहरुलाई परिचय पत्र प्रदान गरेका हुन् ।

हामी विस्तारै आधुनिकिकरण तिर जादैछौं । डाटा राख्न मेसिन रिडेबल नै चाहिन्छ’,सांसद महतले भने,‘प्रविधि पछ्याउँदै हरेक व्यक्तिको तथ्यांकलाई व्यवस्थापन गर्न लागेको प्रति आभारी नै छौं ।’ सांसदमा पनि राष्ट्रिय परिचय पत्र र छपाईका बारेमा निकै छलफल चल्यो । राष्ट्रिय परिचय पत्र निकै प्रभावकारी छ । सांसद महतले थपे,‘आगामी दिनमा सबै नागरिकले राष्ट्रिय परिचय पत्र पाउनेछन् । परिचय पत्रको सदुपयोग गर्नेछन् । एउटै कार्डले धेरै काम गर्ने छ । हरेक कामकाज गर्न सहज हुनेछ ।’  

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नागरिकको अभिलेखलाई सरकारले डिजिटलाइज गर्ने अभिप्रायले राष्ट्रिय परिचय पत्रको अवधारणा आएको बताए । हाम्रा सबै कागजपत्रलाई एउटै चिप्समा ल्याउन खोज्दैछौं । कागजपत्र हराउने र पानीमा भिज्ने संभावना हुदैन । हराएको खण्डमा फेरी निकाल्न सकिन्छ । प्रमुख जिल्ला अधिकारी थापाले भनिन्,‘ यो कार्यले नागरिकको व्यक्तिगत विवरण सुरक्षित हुनेछ । अपराध अनुसन्धानमा सघाउछ । विद्युतीय शासन प्रक्रिया कार्यन्वयनमा ल्याउन मद्धत मिल्ने देखिन्छ । ’

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार पहिलो पटक समन्वय प्रमुख र नगरपालिका मेयरलाई प्रदान गरिएको भन्दै भोलिदेखि सर्वसाधारणलाई पनि राष्ट्रिय परिचय पत्र उपलब्ध गराईनेछ ।  जुम्लामा १ हजार ८ सय जनाको विवरण संकलन भएकोमा ४ सय ५०  जनाको परिचय पत्र आइसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । 

उनले भने,‘यहाँबाट संकलित विवरण पठाइसकिएको छ । छापिसकेको पनि जानकारी आइसकेको छ । तर ल्याउन असहज भइरहेको छ । विस्तारै छापिएको सबै कार्ड आएपछि वितरण गरिनेछ ।’ राष्ट्रिय परिचय पत्रले हरेक काम गर्दा सहजता ल्याउने विश्वास स्थानीयको छ ।

प्रकाशित: १६ श्रावण २०७७ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App