६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कोरोनाको केन्द्र बनेको यशोधरा गाउँपालिका र महाराजगंज नगरपालिका कोरानामुक्त

जिल्लामै कारोनाको राजधानी बनेको यशोधरा गाउपालिका र महाराजगंज नगरपालिका कोरोनामुक्त भएका छन्। जिल्लामा सबै भन्दा बढी यशोधरामा एक सय ६८ जना तथा दोश्रोमा रहेको महाराजगंज नगरपालिकामा भेटिएका एक सय २२ संक्रमणबाट निको भएपछि दुई पालिका कोरोनामुक्त भएको भएका  हुन्। वैशाखको अन्तिम साताबाट यशोधरामा एकै पटक १२ जना संक्रमित भेटिएका थिए । त्यसयता असार पहिलो सातासम्म नै संक्रमित थपिदै गएका थिए । सरकारले नया निर्देशिका जारी गर्दै आइसोलेनमा १४ दिन बसे लक्षण नदेखे पछि घर फर्काउने नियम बनाएपछि गाउपालिका कोरोनामुक्त बनेको हो ।  

जेठ २५ पछि सोही आधारमा धमाधम संक्रमितलाई पिसिआर टेस्ट बिना घर पठाईएको छ । अहिले यशोधरामा सबै संक्रमितहरू घर फर्कि सकेको पालिका  प्रमुख गिरीजेश कुमार पाण्डेयले बताए । ढेड महिना पछि आफनो पालिका कोरोनामुक्त बनेको प्रमुख पाण्डेयले बताए । ‘ढेड महिनाको अथक प्रयास पछि यशोधरा कोरनोनुक्त बनेको छ,’ उनले भने ।  

समय मै परिक्षण नहुदा र रिपोर्ट ढिलो आउदा वडा नम्बर ८ र ६ मा रहेका क्वारेन्टीनबाट ६० जना बढी मान्छेहरू फरार समेत भएका थिए । पछि प्रहरकिो सहयोगमा उनीहरूलाई फिर्ता ल्लाईएको थियो । ‘ बैशाख तेश्रो साता देखि झल्दै आएको समस्या बल्ल पार लगको छ,’ उनले भने । कोरोनाको रोकथम,र ब्यवस्थापनमा पालिकामा एक करोड बढी खचेको छ ।  

एक हजार ४५ जनाको पिसिआर परिक्षण् भएको गाउपाकिलाका स्वास्थ्य संयोजक ज्योति कुमार दुबेले बताए । किटको अभाव भए पछि गाउपालिकाले आफै १२ सय भिटिएम किट किनेर स्वाब संकलन गरेका थियो । संक्रमति सबै भारतबाट फर्केर क्वारेन्टीनमा बसेका थिए । स्बाव संकलन गर्न समेत बाँकी नरहेको र सबैको रिपोर्ट आइसकेको दुबेले बताए ।  

११ सय १६ जनाको आरटीडी टेस्ट गरिएकोमा १ सय ३५ जनाको रिपोर्ट पोजेटि आएको थियो । उता पिसिआर परिक्ष्ण बिना संक्रमितलाई घर जान दिईएकोमा गाउपा त्रास बढेको छ । एक हप्ता स्व क्वारेन्टाईनमा बस्ने गरी घर पठाईए पनि बिनाडर हिडने गरेको गाउलेहरू बताउँछन्। उता दोश्रो बढी संक्रमित भेटिएको महाराजगंज नगरपालिका समेत कोरोनामुक्त भएको छ । एक सय २२ जना संक्रमित भेटिएको महाराजगंजमा अहिले सबै जना कोरोनामुक्त भएर घर फर्कि सकेका छन्। ९ सय २४ जनाको स्वाब संकलन गरिएकोमा सबैको रिपोर्ट आईसकेको छ । मेयर अब्दुल कलाम खाले सरकारी नियम अनुसार आफुहरूले संक्रमितहरूलाई आइसोलेसनमा १४ दिन राखेर स्वास्थ्यकर्मीको सल्लाह अनुसर घर पठाएको बताए । ‘पछि के हुने हो त्यो थाहा छैन तर अहिले आफ्नो नगरपालिका कोरोनामुक्त भएको छ ।’ उनले भने ।  

जिल्लामा सात सय २९ संक्रमित भेटिएका छन्। त्यस मध्ये पाँच सय ९२ जना निको भई घर फेर्केका छन । एक सय ३६ जना मात्र आइसोलेसनमा उपचाररत छन । बाणगंगामा ३४, बिजयनगरमा १७, बुद्ध्भुमीमा पाँच, कपिलवस्तु नगरपालिकामा २३, कृष्णगनरमा एक, मायादेबीमा ३६, शिवराजमा १८, सुद्धोदना दुई जना मात्र संक्रमित छन्। ७ हजार ९१२ जना मध्ये २ सय ३१ जनाको मात्र पिसिआर रिपोर्ट आउन बाकी रहको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । क्वारेनटाइनमा तीन सय ८८ जना छन् ।

प्रकाशित: १३ असार २०७७ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App