२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक अनिश्चित

प्रतिपक्षी दलहरुले छानबिन समिति गठन सम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म प्रतिनिधिसभा सञ्चालन हुन नसक्ने बताएका छन् ।  

विपक्षी दलहरुको बैठकपछि सभामुख देवराज घिमिरेलाई भेट्दै राप्रपाका ज्ञानेन्द्र शाहीले टीओआरमा सहमति भएपछिमात्र बैठक सञ्चालन गर्न आग्रह गरेका थिए । 

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । 

प्रतिपक्षी दलहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न दिने र चित्त नबुझे सदनको बाँकी कामकारवाही अघि बढाउन नदिने निर्णय गरेका थिए । 

सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलले बिहानैदेखि छलफल जारी राखेपनि सहमति भने जुटाउन सकेको छैन । कार्यदलमा सहमतिको पहल गर्न कांग्रेस प्रमुख सचेतक रमेश लेखक बैठक स्थल पुगेका छन् ।  

एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य छन् ।

यसअघि ज्ञानेन्द्र कार्की पनि कार्यदल बैठकमा थपिएका थिए ।

प्रकाशित: ६ जेष्ठ २०८१ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App