कोरोनाको केन्द्र बनेको यशोधरा गाउँपालिका र महाराजगंज नगरपालिका कोरानामुक्त
जिल्लामै कारोनाको राजधानी बनेको यशोधरा गाउपालिका र महाराजगंज नगरपालिका कोरोनामुक्त भएका छन्। जिल्लामा सबै भन्दा बढी यशोधरामा एक सय ६८ जना तथा दोश्रोमा रहेको महाराजगंज नगरपालिकामा भेटिएका एक सय २२ संक्रमणबाट निको भएपछि दुई पालिका कोरोनामुक्त भएको भएका हुन्।