६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कुवेतबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ

पाँचथरमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । हालै कुवेतबाट आएकी एक जना २५ वर्षिया युवतीमा कोरोना पोजेटिभ देखिएको हो । पाँचथर बहुमुखि क्याम्पसको क्वारेन्टिनमा राखिएकी फिदिमकी  युवतीमा कोरोना पोजेटिभ देखिएको हो ।

३२ गतेदेखि क्वारेन्टिनमा राखिएकी युवतीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । पाँचथरमा पहिलो पल्ट कोरोना पोजेटिभ देखिएको हो । यसअघि भारतबाट आएका पाँचथरका दुईजनामा कोरोना पोजेटिभ देखिएपनि उनीहरु झापाको क्वारेन्टिनमा थिए ।

प्रदेश स्वास्थ्य प्रयोगशाला विराटनगरमा पिसिआर परीक्षण गर्दा पोजेटिभ पाइएको हो । उनीसँगै क्याम्पसको क्वारेन्टिनमा रहेका चार जनाको परीक्षण गरीएकोमा अरुको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई कोशी अञ्चल अस्पताल विराटनगर लैजाने तयारी भएको छ । उनलाई कुवेतबाट उद्वार गरी ल्याइएको थियो । पछिल्लो पल्ट भारतबाट आएका ५३ जना र अन्य देशबाट आएका चार जनाको पिसिआर परीक्षण भएको हो । परीक्षणको क्रममा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । 

प्रकाशित: २ असार २०७७ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App