११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मानहुँकोटमा जग्गा विकास कार्यक्रम लागु

दमौली– पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको जिल्लाको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा जग्गा विकास कार्यक्रम लागू गरिने भएको छ।

मानहुँमा रहेका जग्गालाई एकीकृत गरी व्यवस्थितरुपमा विकास गर्नका लागि नगरपालिकाले जग्गा विकास कार्यक्रमलाई अगाडि बढाएको हो। 

मानहुँको मौलिक चरित्रलाई यथावत् राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम लागू गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए।

मानहुँमा बाहिरका व्यक्तिले जग्गा किनेर आफ्नो ढङ्गले व्यवस्थापन गर्न लागेपछि नगरपालिकाले नै व्यवस्थित ढङ्गबाट जग्गाको विकास गर्न आवश्यकता खड्किएको नगरप्रमुख न्यौपानेले जानकारी दिए। 

‘मानहुँका मगरहरुले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किन्ने क्रम बढ्दै गइरहेको छ’, नगरप्रमुख न्यौपानेले भने,‘त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गालाई व्यवस्थापन गर्न खोजेका हौं।’ नगरप्रमुख न्यौपानेका अनुसार मानहुँमा रहेका केही सार्वजनिक जग्गालाई पनि जग्गा विकास कार्यक्रममा समावेश गरेर लगिनेछ।

मानहुँमा घर निर्माण गर्दा मौलिक परम्परालाई ख्याल गरिने भन्दै नगरप्रमुख न्यौपानेले घरभित्र सिमेन्टको प्रयोग भएपनि बाहिरबाट हेर्दा मौलिक खालको देखिनुपर्ने भएकाले त्यसतर्फ नगरपालिकाले सोच बनाएको बताए। 

जग्गा विकास कार्यक्रम सञ्चालनका लागि वडाध्यक्ष मोहनकुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ। उक्त समितिमा स्थानीयवासी, जग्गाधनी, टोल विकास संस्थाका पदाधिकारी सदस्य छन्। रासस

प्रकाशित: ७ मंसिर २०७६ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App