११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई महिनाकाे अवधिमा ४ बलात्कारी पक्राउ

तेह्रथुम - जिल्ला प्रहरी कार्यालय तेह्रथुमले २ महिनाको अवधिमा जबरजस्ती करणीका ४ सहित ११ जनालार्इ पक्राउ गरेकाे जानकारी दिएकाे छ। जिल्ला प्रहरी कार्यालय तेह्रथुममा आइतवार पत्रकार सम्मेलन गर्दै प्रहरीले बिभिन्न कसुरका ११ जना अभियुक्त मध्ये ४ जना जबरजस्ती करणी अभियाेगका रहेका बताएकाे हाे। पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक बहादुर कार्कीले प्रदेश प्रहरी र सिआईबीको सहयोगमा ९ महिना अघि सौतेनी छोरीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाई फरार भएका लालीगुरास नगरपालिका ३ बस्ने शंकर थापालाई काठमाडाैं स्थित गौशालाबाट २ दिनअघि पक्राउ गरेकाे बताए।

यस्तै प्रहरीले जबरजस्ती करणी उद्योगमा मोरङ कानेपोखरी गाँउपालिका वयरबन बस्ने दिलिप भन्ने दिपेश कार्की, फेदाप गाँउपालिका १ सिम्ले बस्ने राम चन्द्र भन्ने अमर बहादुर लिम्बु र आठराई गाँउपालिका ६ चुहानडाडा बस्ने पुष्पे भन्ने निश्चल मोक्तानलाई पक्राउ गरि सार्वजनिक गरेकाे छ।

 

प्रकाशित: १४ आश्विन २०७५ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App