१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडाैंमा प्रदूषणमुक्त उच्च प्रविधियुक्त बस सेवा शुरु

काठमाडाैं- गोंगबु–सिनामंगल ‘रुट’मा प्रदूषणमुक्त उच्च प्रविधियुक्त बस सेवा शुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र काठमाडौँस्थित एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले संयुक्तरुपमा साेमबार उक्त सेवाको शुभारम्भ गरेका हुन्।

एशियाली विकास बैंकको दिगो शहरी यातायात परियोजनाअन्तर्गत २५‘सिटे’ १७ वटा बसबाट उक्त सेवा शुरु गरिएको छ। पुराना २६ वटा माइक्रोबस र ३५ वटा तीनपाङ्ग्रे ट्याम्पोलाई विस्थापन गरेर उक्त सेवा प्रारम्भ गरिएको जनाएको छ। 

सार्वजनिक–निजी साझेदारीको ढाँचामा परीक्षणका रुपमा थालिएको उक्त परियोजनामा नेपाल सरकारले रु ७९ करोड र बैंकले झण्डै रु एक अर्ब २३ करोड लगानी गरेको छ। रासस

प्रकाशित: २८ श्रावण २०७५ १६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App