१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोमा ज्यान गुमाएका परिवारलार्इ सरकारकाे एक लाख सहयाेग

पिडित परिवारलार्इ राहत रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेत । तस्विर : जनक/नागरिक

जाजरकोट - आइतवार विहान जाजरकोटको खलंगा स्थित ठाँटीवजारमा गएको पहिरोमा परि ज्यान गुमाएकाहरुको पिडित परिवारलाइ सरकारका तर्फवाट  एक लाखका दरले राहत सहयोग दिइएको छ। भेरी नगरपालिका वडा नम्वर ३ ठाँटीवजार स्थित पानीनाउला जाने वाटोको छेउमा  रहेका दुइ घर माथिवाट आएको पहिरोले पुरिदा  मृत्यु भएका सात वालवालिका सहितआठ जनाका  पिडित परिवारलाइ केन्द्र सरकारका तर्फवाट प्राप्त राहत रकम बुधवार  हस्तान्तरण गरिएको हो। 

केन्द्र सरकारको तर्फवाट पिडित परिवारका लागि प्राप्त  रकम  पिडितहरुले आश्रय लिएर वसिरहेको ठाँटीवजार स्थित वृद्धाश्रममै पुगेर प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले  हस्तान्तरण गरेका हुन्। यस्तै सरकारका तर्फवाट प्रजिअ वस्नेतले पहिरोले घर पुरेर विस्थापित भएका पत्रकार तिर्थ वोहरा र गोपाल सुनारलाइ १०/१० हजार नगद हस्तान्तरण गरे।

पहिरोमा परि  भेरी नगरपालिका ६ गंगटियाकी २५ वर्षिया सितला लुहार र उनकी तीन छोरीहरु भगवती, रन्जना र मनिषा, पत्रकार तिर्थ वोहराकी ८ वर्षिया छोरी नज्मा वोहरा, कुसे गाउँपालिका ५ का १३ वर्षिय नरेन्द्र परियार, सोहि गाउँपालिका ६ भार्माका ११ वर्षिय नवीन परियार र नलगाड नगरपालिका ३ करुवाका ८ वर्षिय दसरथ परियारको मृत्यु भएको थियो  भने दसरथकै दाजु  १३ वर्षिय गोविन्द परियार  पहिरोमा पुरिएर वेपत्ता भएका छन्।  

प्रकाशित: २३ श्रावण २०७५ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App