धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन चितुवा मृत फेला परेका छन्।
गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा आज (बिहीबार) भेटिएको हो।
घाँस काट्न गएको बेला स्थानीयले देखेर खबर गरेपछि प्रहरीसहित आफूहरुकाे टाेली घटनास्थलमा पुगेको वडा नम्बर-१० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिए।
मृत अवस्थामा फेला परेको चितुवा बैरेनी सवडिभिजन वन कार्यालयलाई बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले यसबारे थप अनुसन्धान गरिने बताएकाे छ।
प्रकाशित: १० श्रावण २०८१ २२:३० बिहीबार