१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

एक सय ७२ रोपनीमा लगाइएको अफिम खेती नष्ट

रुकुमपश्चिमको विभिन्न ठाउँमा एक सय ७२ रोपनीमा लगाएको लागुऔषध अफिम खेती फँडानी गरिएको छ। जिल्ला प्रहरी कार्यालयले यहीँ महिना एक सय ७२ रोपनीमा लगाएको अफिम खेती नष्ट गरेको हो।

जिल्लाको आठबीसकोट, मुसीकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँका एक सय ७२ रोपनी जग्गामा लगाएको अफिम खेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।

सूचना अधिकारी खड्काका अनुसार आठबीसकोट नगरपालिका–१ स्याला र २ कालजुरा भन्ने ठाउँमा ६० रोपनी, १२ नं वडाको कुरल र लामपुजामा ४५ रोपनीमा लगाएको अफिम खेती नष्ट गरिएको हो।

त्यस्तै,सानीभेरी गाउँपालिका–३ को तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसीकोट नगरपालिका–८ घोरखानीमा एक रोपनी र आठबीसकोट नगरपालिका–३ दाङ भन्ने स्थानसहित वडा नं ७ को स्यालाकोट र डाँफेमा ३७ रोपनी गरेर जम्मा एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती नष्ट गरिएको प्रहरी निरीक्षक खड्काले बताए। 

प्रकाशित: ३० चैत्र २०८० ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App