१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मालबाहक टिफरको ठक्करबाट खोटाङमा एक मोटरसाइकल  चालकको निधन भएको छ।

आइतबार बिहान १०ः०० बजे मध्येपहाडी लोकमार्गअन्तर्गत जिल्लाको हलेसी तुवाचुङ नगरपालिका १० अर्खाैलेमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बाग्मती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिफरले स ९ प १२१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खोटाङको हलेसी तुवाचुङ ६ का २० वर्षीय टंकल राईको निधन भएको हो।

खोटाङको खार्पाबाट मध्येपहाडी लोकमार्ग हुँदै कटारीतर्फ जाँदै गरेकोे टिफरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा चालक राईको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीले ठक्कर दिने टिपर र टिपर चालक उदयपुृरको कटारी नगरपालिका ३ का ४३ वर्षीय पदमकुमार कार्कीलाई नियन्त्रणमा लिएको छ। 

घटनास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव पोस्टमार्टमका लागि दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङ पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०८० ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App