९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

महाशिवरात्रिको यस्तो छ तयारी, मूल समितिमा मेयर बालेनदेखि सांसद गगनसम्म

साढे दुईदेखि तीन लाखसम्म भक्तजन आउने अनुमान

फाइल तस्बिर

यही फागुन २५ गते हुने महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षमा ४१ सदस्यीय मूल समिति गठन गरेको छ।

विकास कोषले यसपटक महाशिवरात्रिको अवसरमा साढे दुईदेखि ३ लाखसम्म भक्तजनहरू पशुपति मन्दिरको दर्शनमा आउने अनुमान गरेको छ। त्यसमा करिब एक लाख जति भक्तजनहरू मेला भर्न आउने र बाँकी दर्शन गर्ने उद्देश्यले पशुपति मन्दिर पुग्ने अनुमान कोषका सदस्यसचिव राजु खत्रीले गरे।

विकास कोषले गठन गरेको मूल समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, प्रतिनिधि सभा सदस्य गगन थापा, राष्ट्रिय योजना आयोगका सदस्य,  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, पशुपति नाथ मन्दिरका मूल भट्ट गणेश भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, गृह, भौतिक तथा रक्षा मन्त्रालयका सचिव, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका व्यक्तिहरूलाई राखिएको छ। यसपटक मूल समारोह समिति चुस्त र दुरुस्त बनाइएको कोषले जनाएको छ।

विकास क्षेत्रले यसपटक छोटो समयमै दर्शनार्थीले दर्शन गर्न पाउने व्यवस्था मिलाएको कोषका सदस्यसचिव खत्रीले जानकारी दिए।

‘पोहर साल भन्दा यसपटक छोटो समयै दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ’, उनले भने। खत्रीका अनुसार महाशिवरात्रि भव्य रूपमा मनाउन १ हजारको हाराहारीमा स्वयम सेवक परिचालन गरिने भएको छ।

यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। यसैगरी एक हजार स्वास्थ्यकर्मी पशुपति क्षेत्रमा परिचालन गरिने भएको छ।

प्रकाशित: १४ फाल्गुन २०८० १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App