१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

आरुघाटमा लागु औषध न्युनिकरण सम्बन्धी जनचेतना मुलक तालिम सम्पन्न

क्याप्शन

आरुघाट गाउँपालिका वडा नम्बर ९ आरुघाटमा लागु औषध न्यूनीकरण सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न भएको छ। 

शनिबार भिमोदय बहुमुखी क्याम्पसमा आयोजना गरिएको तालिममा युवाहरू लागु औषध दुव्र्यशनमा नलागोस र समाज रूपान्तरणका लागि युवाले रचनात्मक भूमिका निर्वाह गर्न सकुन् भन्ने उद्देश्यले  गाउँपालिकाका अभिवावकहरुलाई तालिम दिएकाे गाउँ कार्यपालिकाका सदस्य रामकुमार उपरकोटीले  जानकारी दिए।  

आरुघाट गाउँपालिकाको सहयोगमा लागुऔषध दुर्व्यसनी तथा रोकथाम अभियान नेपालले आयोजना गरेको सो तालिममा  २५० जना अभिभावक, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य कर्मी र नेपाल प्रहरीको उपस्थिति रहेको गाउँ कार्यपालिका सदस्य रामकुमार उपरकोटीले जानकारी दिए।  

गाउँपालिकाका अध्यक्ष राजु गुरुङले गाउँपालिकामा ४ वर्ष भित्र लागु औषध न्यूनीकरण गर्ने बताएका छन्। 

उनले भने, ‘गाउँपालिकामा रहेको सम्पूर्ण वडा, गाउँ र टोलबाट पनि पहल गर्ने छु। यसको लागि स्थानीय बासिन्दा र वडा जनप्रतिनिधिले साथ दिनुहुने अपेक्षा राखेको छु। सबैको साथ मिले ४ वर्षमा लागु औषध न्यूनीकरण गर्ने छु।’

उनले  लागु औषध दुव्र्यशनमा युवाहरू नराम्रोसँग फस्दै गइरहेकोले यसको न्यूनीकरणका लागि सबै पक्ष सचेत हुनु पर्ने  बताए। 

समाजमा लागु औषध दुव्र्यशनको समस्या दिनप्रतिदिन बढ्दै गाइरहेको बताउँदै त्यसबाट युवाहरुलाई जोगाउन आवश्यक ठानी यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष गुरुङले बताए। 

लागु औषध न्यूनीकरणका लागि कुनै एक पक्ष मात्र लागेर नहुने भन्दै सबै पक्ष यसका लागि सक्रियता पूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। 

प्रकाशित: १३ फाल्गुन २०७९ १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App