५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

वामपन्थी अखडामा कांग्रेस गठबन्धनको चुनौती

यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दोलखामा नयाँनयाँ अनुहार र युवायुवावीचमै प्रतिस्पर्धा हुने भएको छ। प्रतिनिधिसभातर्फ सबै उम्मेदवार नयाँ छन् भने प्रदेशसभातर्फ एकआधबाहेक सबै नयाँ छन्। प्रतिनिधि सभाका २१ उम्मेदवारमध्ये २ जनाबाहेक बाँकी सबै ५०/५२ वर्षका मात्रै छन। प्रदेशसभातर्फ पनि एकआधबाहेक सबै नयाँ र युवा छन्। प्रतिनिधिसभामा दोलखामा मुख्य प्रतिस्पर्धा नेकपा (माओवादी)का गंगा कार्की र नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीबीच हुने भएको छ। कार्कीको उमेर ५७ र शिवाकोटीको ५३ छ।  

संयोग पनि परेको छ, दोलखामा माओवादी र नेकपा (एमाले) बाहेक अन्य पार्टीका र स्वतन्त्र उम्मेदवारहरूको पनि उमेर ५०/५१ भन्दा माथि कटेको छैन। उम्मेदवार नयाँ र युवा भएकोलेले प्रमुख पार्टीहरूलाई भोट माग्न सजिलो भएको छ। ‘हामीले नयाँ र युवालाई प्राथमिकता दिएका छौं,’ भन्दै दलहरूले भोट माग्ने गरेका छन्। यता स्वतन्त्र उम्मेदवारहरूले दलहरूप्रति निरास भएको भोटलाई आफूतिर आकर्षित गर्ने गरेका छन्। प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्तारुढ गठबन्धनतर्फ माओवादीका नेता कार्कीले उम्मेदवारी दिएका छन्। उनको प्रतिस्पर्धा शिवाकाटीसँगै हुनेछ। यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सहायक महामन्त्री विजय खड्का, हाम्रो नेपाल पार्टीबाट विश्वनीति प्रकाशमान सिंह प्राखिन, नागरिक उन्मुक्ति पाटीबाट शुक्र तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट गोपाल नेपाली, नेपाल मजदुर किसान पार्टीबाट गोपाल शिवाकाटी, जनता समाजवादी पार्टीबाट दावा शेर्पा, नेकपा (माले)बाट खिमबहादुर शिवाकोटीलगायतले उम्मेदवारी दिएका छन्। यीमध्ये नेपाली सबैभन्दा कान्छा हुन्। उनको उमेर २७ मात्र भएको छ। यसैगरी शिवाकोटी ३२ र तामाङ ४१ वर्षका भएका छन्। यसैगरी स्वतन्त्रबाट उम्मेदवारी दिएका जीवनाथ शिवाकोटी ३४ वर्षका मात्र छन्। अर्का स्वतन्त्र उम्मेदवार बद्री दाहाल ३९ वर्षका छन्।  

‘नेकपा (एमाले)ले योपटक दोलखामा युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएको छ। जनताको चाहना अनुसार पार्टीले युवालाई अघि सारेको हो’एमालेका उम्मेदवार शिवाकोटीले भने,‘हामीसँग भएको जोश र जाँगर दोलखाको विकासका लागि खर्च गर्नेछाैं।’  

नेपाली कांग्रेस दोलखाका सभापति तथा प्रदेश सभातर्फ दोलखा (ख)मा नेपाली कांग्रेसबाट उम्मेदवार दिएका बर्मा लामाले दोलखामा नेपाली कांग्रेससहित गठबन्धनले युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएको बताए। ‘प्रतिनिधि सभातर्फ हामीले सबै नयाँ अनुहारलाई प्राथमिकता दिएका छौं। प्रदेशसभातर्फ पनि म एकजनाबाहेक अरू सबै उम्मेदवार नयाँ हुनुहुन्छ। म नयाँ अनुहार नभए पनि पनि युवा हुँ,’ लामाले भने। पोहर साल लामाले चुनाव जितेनन्। त्यसैले यसपटक चुनाव जिते भने लामा प्रदेशसभामा नयाँ अनुहारका हुनेछन्।  

२०७४मा प्रदेश सभामा लामाले दोलाख (क)बाट उम्मेदवारी दिएका थिए। त्यतिबेला माओवादी केन्द्रका विशाल खड्का विजयी भए। हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका विश्वनीति प्रकाशमान सिंह पाख्रिनले अहिले देशभर युवा र नयाँ अनुहारप्रति आकर्षण बढेको बताउदै आफू पहिलो पटक प्रतिनिधि सभा तर्फ उम्मेदवारी दिन लागेको बताए। आफू युवा र नयाँ भएकाले दोलखाकोलागि काम गर्ने जोश र जाँगर भएको उनको भनाइ थियो। यसैगरी प्रदेशसभातर्फ दोलखा (ख)मा नेपाली कांग्रेसबाट उम्मेदवार दिएका कुन्दनराज काफ्लेले पनि यसपटक दोलखामा पार्टीले युवालाई प्राथमकिता दिएको बताए। ‘हामीसँग उत्साह र जोश छ। दोलखाको समृद्धि र विकासका लागि हामीले काम गर्छौं,’ उनले भने।  

प्रदेशसभा तर्फ उम्मेदवारी दिएका पनि एक÷आधबाहेक सबै नयाँ अनुसार र युवा छन्। प्रदेशसभा तर्फ (क)मा एमालेबाट नरबहादुर श्रेष्ठ, नेकाबाट काफ्ले, राप्रपाबाट रामबहादुर तामाङ, जसपाबाट मानबहादर सुनवाुर तथा दोलखा (ख)मा एमालेबाट भरतबहादुर केसी, कांग्रेसबाट लामा, राप्रपाबाट राजन शिवाकोटी, जसपाबाट बिछीकुमारी धामीले उम्मेदवारी दिएका छन्।  

के यसपटक कांग्रेसले झण्डा गाड्ला ?

दोलखामा एउटा चुनावबाहेक सधै बवामपन्थी दलका नेताहरूले चुनाव जित्दै आएका छन्। २०५१सालको मध्यावधि निर्वाचनमा भीमबहादुर तामाङले चुनाव जितेका थिए। त्यसबाहेक दोलखामा नेपाली कांग्रेसले चुनाव जित्न सकेको छैन। २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा पार्वत गुरुङ विजयी भएका थिए। त्यो बेला कांग्रेसबाट रुद्रबहादुर खड्काले उम्मेदवारी दिएका थिए। गुरुङले ३० हजार १ सय ५३ मतको फरकले विजयी भएका थिए।

प्रकाशित: २० कार्तिक २०७९ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App