११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिगमनको खतरा अझैपनि छ, गठबन्धनमा सबै मिल्नु आवश्यक छ: प्रधानमन्त्री देउवा

फाइल तस्बिर।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नुपर्ने बताएका हुन्। उनले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरु एक हुन जरुरी रहेको बताए। ‘प्रतिगमनको खतरा अझैपनि छ। त्यसैले अहिले सबै पार्टीहरु एक हुन जरुरी छ’, उनले भने ‘त्यसैले आज गठबन्धनमा सबैले मिल्नु पनि आवश्यक छ।’

उनले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनु परेको बताए। . मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने उनले बताए। उनले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिए।  

उनले भने, ‘अहिलेको संविधान अत्यन्त समावेशी संविधान छ। त्यो संविधानमा सबै नेपालीहरु अटाउने ठाउँ छ। साथसाथै कुनैपनि पार्टीको बहुमत आउन गाह्रो छ। त्यसैले गठबन्धन मिलाएर लानुपर्ने आवश्यक छ। यो एउटा संस्कृतिको विकास भएको छ। मिलेर चुनाव लड्ने, मिलेर लोकतन्त्रको सुदृढीकरण गर्ने साथसाथै मिलेर गरिबी हटाउने। त्यो मौका आएको छ। यो हाम्रो लागि ठूलो मौका हो। र चुनौती पनि हो। त्यसैले चुनौतीको सामना गर्दै मौकाको सदुपयोग गरेर हामीले नेपाललाई सच्चा मानेमा गणतन्त्रात्मक, लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्नुछ।’

प्रकाशित: ३० आश्विन २०७९ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App