१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन: रविन्द्र मिश्र

फाइल तस्बिर।

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले आफू चुनाव जित्ने र देश हार्ने राजनीति नगर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन्।  

शुभेच्छुकहरू भन्छन्: 'तपाईंले यी एजेण्डा नल्याएको भए यो पटक चुनाव जित्नुहुन्थ्यो। उनीहरूलाई म भन्ने गर्छु, 'मैले गत २०/२५ वर्षमा जे देखेँ, भोगेँ, पढेँ, बुझेँ, त्यसबाट म पुगेको निष्कर्ष के हो भने, 'मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन।', उनले लेखेका छन्।

आफ्ने विचार भन्दामाथि देश नामक अवधारणा बोकेको पुस्तक छिट्टै आउने उनले उल्लेख गर्दै थप लेख्छन्, 'मेरा दृष्टिकोणसँग तपाईं सहमत नहुन सक्नुहुन्छ, त्यसमा मेरो कुनै गुनासो छैन। देश पनि जित्ने, चुनाव पनि जित्ने राजनीतिको मेरो प्रयास भने जारी रहनेछ। यसो भन्दै गर्दा चुनाव हारेँ भने पनि ठिकै छ।'

प्रकाशित: १८ श्रावण २०७९ ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App