२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हराएको १ लाख ४४ हजार जब प्रहरीले संगितालाई फिर्ता गर्‍यो...

जिल्ला प्रहरी कार्यालय परिसरमा सम्बन्धित व्यक्ती (संगिता क्षेत्री) लाई पैसा र ब्याग हस्तान्तरण गरिएको छ।

सन्धिखर्क नगरपालिका १, हटारीनेटा बस्ने संगिता क्षेत्री सदाजस्तै मङ्गलवार पनि सानिमा रिलायन्स ईन्सुरेन्समा काम गर्न हिँडिन्। गुन्टीखोला अफिस जान हिँडेकी क्षेत्रीले कार्यालय पुगेपछि थाहा पाइन् कि आफुले बोकेर हिँडेको झोला (ब्याग) आफूसँग छैन।

घरमा भुलेको होला भनेर उनी फर्केर ब्याग लिन घरमा गइन्। घरमा पनि झोला भेटिएन। त्यसपछि उनी तनावमा परिन्। कारण, उनले बोकेको झोलामा करिब डेढ लाख रुपैयाँ थियो। बिमाको किस्ता बुझाउन आफन्तले दिएको पैसा बोकेर हिँडेकी क्षेत्री झोला कहाँ राखेँ भन्ने पत्तो पाइनन्।

खोजतलास गर्दै उनी अफिस जान हिँडेको बाटोमा भौँतारी रहिन्। उनको होस् उड्यो। आफन्तले किस्ता तिरिदिन भन्दै दिएको पैसा हरायो, अब कहाँबाट तिर्ने होला भनेर सोच्दै गर्दा उनलाई जिल्ला प्रहरी कार्यालयबाट फोन गयो।

हजुरको झोला कस्तो थियो? झोला भित्र कति पैसा थियो? के प्रयोजनको लागी त्यत्तिका पैसा लिएर हिँड्नु भएको थियो? जस्ता प्रश्नहरू प्रहरीले सोधेपछि उनले सबै बेलिबिस्तार लगाइन्।

त्यसपछि प्रहरीले उनलाई हजुरको झोला सुरक्षित छ, लिन आउनुस् भन्यो। उनी दौडिदैं जिल्ला प्रहरी कार्यालयमा पुगिन्। त्यहाँ उनले आफ्नो ब्याग र पैसा सुरक्षित पाइन्।

उनी हटारीनेटा बाट स्कुटरमा गुन्टीखोला कार्यालय जाँदै गर्दा सन्धिखर्क नगरपालिका नजिकै ब्याग खसेको रहेछ, जुन कुरा उनले पत्तो पाइनन्। ड्युटीमा खटिएका प्रहरीले ब्याग देखेपछि टिपे। खोजतलास गर्दा ब्यागमा नगद १ लाख ४४ हजार फेला प¥यो।

ती प्रहरीले कन्ट्रोलरुम ड्युटीमा रहेका अर्जुन बस्नेतलाई जानकारी दिए। बस्नेतले माथिल्लो निकायमा जानकारी गराएपछि ब्याग खोजतलास गर्ने क्रममा भेटिएका अन्य कागजातले व्यक्तिको पहिचान भयो। त्यसपछि प्रहरीले उनलाई खबर गरेको थियो। 

प्रकाशित: १ जेष्ठ २०८१ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App