१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गठबन्धनबाट विराटनगरको मेयरमा नागेश र उपमेयरमा अमरेन्द्रले दिए उमेदवारी

सत्तारुढ गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले उमेदवारी दिएका छन्। यस्तै उप मेयरमा जसपाका अमरेन्द्र यादवले उमेदवारी दिएका छन्।

सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सत्तारुढ गठबन्धनका तर्फबाट कोइराला र यादवले उमेदवारी दिएका हुन्। नेपाली कांग्रेसको १४ औं अधिवेशनबाट मोरङको उपसभापति बनेका कोइराला नेपाली कांग्रेसको १३ औं अधिवेशनबाट कोषाध्यक्षमा विजयी भएका थिए।

तरुणदलबाट राजनीति सुरू गरेका कोइरालाले पार्टीका विभिन्न पदमा रहेर जिम्मेवारी पूरा गरिसकेका छन्। कोइरालाले विगराटनगरलाई शिक्षा र स्वास्थ्यको हवका रुपमा विकास गर्ने, विराटनगरलाई सफा र भौतिक पूर्वाधारयुक्त शहरका रुपमा स्थापित गर्ने योजना रहेको बताए।

यता उपमेयरमा उमेदवारी दिएका ३५ वर्षीय अमरेन्द्र यादवले विराटनगरलाई स्वास्थ्य र मेडिकल शिक्षाको हवका रुपमा स्थापित गर्ने आफ्नो पहिलो योजना रहेको बताए। जनता समाजवादी पार्टी विराटनगर महानगरपालिका समितिका अध्यक्ष यादव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।

प्रकाशित: १२ वैशाख २०७९ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App