६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न भट्टराईकाे आह्वान

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदले शक्ति केन्द्रहरुका दबाबमा नभइ एमसीसी सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गरेका छन्।  

जसपा संघीय परिषद् अध्यक्ष भट्टराईले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितकानिम्ति सकारात्मक रहेको बताएका छन्।

भट्टराईले भनेका छन्, 'जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक  । संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं  'दलीयरगुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं।'

प्रकाशित: ८ फाल्गुन २०७८ १६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App