१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

त्रिपुरासुन्दरी नगरमा युवा संघ नेपालको प्रथम अधिवेशन

सम्पूर्ण युवाहरु राष्ट्रिय युवासंघमा, सामाजिक परिवर्तन युवाको काँधमा भन्ने नाराका साथ राष्ट्रिय युवा संघ नेपालको नगर अधिवेशन त्रिपुरासुन्दरी नगरपालिकामा सुरु भएको छ। संगठन निर्माण तथा अगुवा कार्यकर्ता भेला समेतको नाम दिएर सुरु भएको युवा संघ नेपालको प्रथम नगर अधिवेशनको नेकपा एमाले कर्णाली सासंद बदमीक्वारी बुढा, जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले संयुक्त रुपमा उद्घाटन गरे।

अधिवेशनमा प्रदेश सासंद बुढाले युवा संघ नेपाल नेकपा एमालेको प्रमुख खम्बा र ढुकढुकी समेत भएको बताइन्। जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले केही पार्टीका सासंदहरुले कागजी योजनाको खोस्टो र उपभोक्ता समिती बनाइ दिने प्रलोभन देखाउँदै आफ्ना कार्यकर्ता भड्काउने काम गरिरहेको बताए।

यसैबीच नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्ने २४ भन्दा बढी युवा तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन्।

विभिन्न पार्टी परित्याग गर्नेमा जंगबहादुर कुलाल, हिमेश देवकोटा, जीवन सार्की, कृष्ण प्रसाद बोहरा, कृष्ण लामा, सन्तोष आचार्य, हरि न्यावर, मदन उखेडा, धनलाल लामा लगायतका १४ जना रहेका छन्।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सचिव सुमन बुढा, त्रिपुरासुन्दरी नगरपालिकाकी कार्यवाहक मेयर चन्द्रकुमारी बुढा लगायतले शुभकामना मन्तव्य दिए। दुई सयभन्दा बढी कार्यकर्ताले नगरमा आफू र आफ्नो पार्टी बलियो भएको सन्देश दिन पन्चे बाजागाजाका साथ नगर परिक्रमा समेत गरे।

प्रकाशित: १३ पुस २०७८ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App